शुक्रबार, बैशाख १४, २०८१

मिसेस मंगोल नेपाल २०१७ को प्रि जज राउण्ड सम्पन्न

काठमाडौं आषाढ ३,  मिसेस मंगोल नेपाल २०१७” को प्रि( जज राउण्ड ,ट्यालेन्ट शो) सम्पन्न भएको छ । मिसेस मंगोल नेपाल २०१७” को लागि देशका विभिन्न Capture7Capture3Capture5Capture8Capture6Capture4Capture1 Captureभागबाट सहभागिता जनाउन आएका १६ प्रतिस्पर्धिहरुले आ-आफ्नो ट्यालेन्ट प्रस्तुत गरेका छन । विवाहित मंगोल महिलाहरुले प्रि-जज राउण्ड शोमा नृत्य, गायन, कुक, अभिनय तथा कबिता बाचन गरेका थिए ।
यस् “मिसेस मंगोल नेपाल २०१७” सौन्दर्य प्रतियोगिताको फिनाले भने आषाढ ८ गते बिहिबार राष्ट्रिय नाच घर जमलमा हुने भएको छ । यसका साथ साथै आयोजकले प्रतियोगीहरुको अनलाईन भोटिङ पनि सुरुगरेको छ । बिबाहित नारीमा हुने प्रतिभालाई प्रस्फुटन गराउनबाट डराईरहेका महिलाहरु तथा अबसरबाट बन्चित महिलाहरुको लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको मन्चमा प्रतिस्प्रधा गराउने उदेश्यले माजोन इन्टरटेन्मेन्टले आयोजना गरेको प्रस्तुत सौन्दर्य प्रतियोगिताको प्रतिस्पर्धिलाई अफिसियल मिडिया आर्टिस्ट नेपालको अफिसियल फेसबुक पेज Artist Nepal   मा गई आफुलाई मन पर्ने प्रतियोगीलाई पब्लिक च्वाइस  अन्तर्गतको टाईटलको लागि भोट गर्न सकिने जनाएको छ ।
“मिसेस मंगोल नेपाल २०१७” सौन्दर्य प्रतियोगितामा सरिता राई, सुनिता राना मगर, सेन्सी राई, शुभद्रा श्रेष्ठ, चादनी श्रेष्ठ, बर्षा राई खड्गी, लक्ष्मी शाही, स्‍मृति बज्रचार्य, शितल पुन, रन्जना राना मगर, राधिका श्रेष्ठ, मेलिना मोक्तान, सरस्वती लामा, सिमा श्रेष्ठ, सम्झना राई र सरु श्रेष्ठले प्रतिस्प्रधा गर्दैछ भने   प्रतियोगिताको कोरियोग्राफी मोडेल हिमानी सुब्बाले गरेकी छिन् ।