शुक्रबार, चैत्र १६, २०८०

मरुटोलमा नि:शुल्क प्रारम्भिक स्वाथ्य परिक्षण सेवा

काठमाडौं ज्येष्ठ २७, यो वा त्यो वहानामा बढ्दो मानवीय स्वास्थ्य समस्यालाइ प्रारम्भिक रुपमा पहिचान गर्दै समस्याको न्यूनिकरणका IMG_20170610_090447 IMG_20170610_091246लागि समाजसेवाको क्षेत्रमा अग्रणाी भूमिका निर्वाह गर्दै आइरहेका कामपा वडा २० स्थित मरु त्वा : पुच:ले स्थानीय क्षेत्रमा साप्ताहिक रुपमा नि:शुल्क स्वाथ्य परिक्षण सेवा सञ्चालन गर्दै आइरहेको छ ।

ज्योति हस्पिटको सहकार्यमा प्रत्येक शनिवार विहान ८ वजे देखि ९ वजेसम्म सञ्चालन हुने उक्त शिविरमा निशुल्करुपमा बल्ड प्रेशर, बल्डसुगर  र तौल मापन लगायतको सेवा प्रवाह गर्दै आइरहेको कार्यक्रम संयोजक एवम् वरिष्ठ समाजसेवी विष्णुराज श्रेष्ठले जानकारी दिनु भएको छ ।  समाजसेवी एवम् संयोजक श्रेष्ठका अनुसार विगत ३ साता यतादेखि सुरु भएको शिविरबाट २ सय भन्दा  बढि व्यक्तिले   स्वास्थ्यलाभ प्राप्त गरिसकेको बताए ।

त्यस्तै विहानको समयमा साप्ताहिक रुपमा आफ्नो बल्ड प्रेशर, बल्ड सुगरको नि:शुल्क परिक्षण गर्ने अवसरको प्रवन्ध मिलाइदिएकोमा एक सेवाग्राहीले भने पुच:ले जुन कामको थाली गरेको  छ त्यो थालनी समाजसेवाको महत्वपूर्ण खुड्किलो रहेको बताए ।