बुधबार, बैशाख १२, २०८१

मन्त्री बन्ने विषयलाई लिए सत्तासिन दलहरुभित्र भाँडभैलो

काठमाडौं ज्येष्ठ २७, शेरबहादु देउवा नेतृत्वको सरकारमा मन्त्री बन्ने विषयलाई लिएरु सत्तासिन दलहरुभित्र भाँडभैलो मच्चिएको छ । यस्तै अवस्था प्रधानमन्त्री निर्वाचनमा उनलाई मत दिएका अन्य दलमा पनि देखिएको छ ।

Captureस्रोतका अनुसार देउवाले दोस्रो चरणको चुनावअघि केही मन्त्री थप्ने सोच बनाएका छन् । तर सरकारमा कसलाई थप्ने भन्नेबारे सत्तासिन दलभित्र भाँडभैलो उत्पन्न भएको खवर आजको नागरिक दैनिकमा प्रकाशित रहेको छ ।

प्रकाशित खवरमा फोरम लोकतान्त्रिक नेपाल र राप्रपाभित्र पनि मन्त्री को बन्ने भन्ने विषयलाई लिएर विवाद उत्पन्न भएको र कंग्रेसभित्र रामचन्द्र पौडेल पक्षले पाँच मन्त्रालय मागेको छ । चारभन्दा कम मन्त्रालय पाए नाम नै सिफारिस नगर्ने अडानमा पौडेल पक्षले बनाएको उल्लेख गरिएको छ ।