शुक्रबार, बैशाख १४, २०८१

मनोनयनपत्र दर्ता शान्तिपूर्ण रुपमा सम्पन्न

काठमाडौ आषाढ ४ , स्थानीय तहको निर्वाचन अन्र्तगत दोस्रो चरण अर्थात आगामी आषाढ १४ गते हुन गइरहेको निर्वाचनका लागि आज भएको उम्मेदवारी दर्ता Pressreleasesecondasar4धेरै राजनीतिक दल र उम्मेदवारको सहभागितामा उत्साहजनक र शान्तिपूर्ण रुपमा सम्पन्न भएको निर्वाचन आयोले जनाएको छ ।

प्रदेश नं १, ५ र ७ का ३५ जिल्लाका ३३४ तहमा हुने प्रस्तुत निर्वाचनको लागि आज बिहान ८ देखि अपराह्न ४ बजेसम्म राजनीतिक दलका प्रतिनिधि तथा उम्मेदवारले मनोनयनपत्र दर्ता गराएको थियो ।  दोस्रो चरणको निर्वाचनबाट नं १, ५ र ७ मा १ महानगर, ७ उपमहानगर, १११ नगरपालिका र २सय१५ गाउँपालिमा कुल ६४ लाख ३२ हजार ७सय६५ मतदाताले १५ हजार ३८ जनाजनप्रतिनिधि चयन गर्ने भएको छ ।