बिहिबार, बैशाख १३, २०८१

मनकामना मन्दिर पुनर्निर्मित हुँन अझै डेढ वर्ष लाग्ने

(मनकामना केवुलकारका प्रवद्र्धक तथा स्थापक स्वर्गीय लक्ष्मणबावु श्रेष्ठ)

Captureकाठमाडौं ज्येष्ठ २५ ,  गोरखा जिल्लामा अवस्थित नेपालको एक महत्वपुर्ण धार्मिक तथा पर्यटकिय स्थलको रुपमा रहेको मनकामना मन्दिर   । यो मन्दिर जिल्लाको सदरमुकामबाट दक्षिणपुर्वी भागमा अवस्थित मनकामना मन्दिर तनहू, खैरेनीदेखि ५ किलोमिटर पूर्व र चितवन मुग्लिनबाट २६ किलोमिटर उत्तरमा अवस्थित छ । समुद्री सतहदेखि १ हजार ३ सय ३ मिटर उचाइमा रहनुको अलावा मन्दिर परिसरबाटबाट दक्षिणतर्फ महाभारत लेक र छिम्केश्वरी डाँडाका साथै उत्तरतर्फ अन्नपुर्ण, हिम्चुली र मनास्लु हिमालका थुम्कोहरु देख्न सकिन्छ  ।

प्रसिद्ध मनकाना मन्दिर दर्शन गर्न हजारौ भक्तजनहरु वर्षेनी गोरखा जाने र्गछन् । आफ्नो मनले चिताएको कामना अर्थात मनको ईच्छा पूरा गर्ने भगवती भएकोले सो मन्दिरको नाम मनकामना रहन गएको हो भन्ने जनविश्वास रहेका कारण यहाँ वर्षेनी विभिन्न हजारौं दर्शनार्थीहरु पूजाआजाका लागि आउँने गर्दछन् र यसवीचमा उनिहरुले विभिन्न पूजाआजा गर्ने गर्दछन् । कसैले बलीपूजा गर्छन भने कसैले दर्शन पूजा र कसैले परेवा उडाउँदै पूजा गर्ने गर्दछन् ।

तर विसं ०७२  श्रावण देखि मन्दिर पुनःनिर्माण अर्थात पुरानो मन्दिर भत्काएर जगैदेखि पुनःनिर्माण थालिएका कारण भगवतीको दर्शनको लागि आउने भक्तजनको दर्शनको लागि माता मनकामनाको प्रतिमालाई मन्दिरको दक्षीण तर्फको भागमा विधिवत रुपमा स्थापना गरेर पूजा गर्ने व्यवस्था मिलाइएको जानकारी दिदै मन्दिरका पूजारी इन्सास बहादुर थापाले मनकामना मन्दिरमा नित्य पूजा विहान ७ वजे र साँझ ६ बजे गरिन्छ । भित्री पूजा सकेर पुजारीले मन्दिर परिक्रमा गरिसकेपछि मात्र सर्वसाधरणहरुको लागि  पूजा र  वलि   पूजा शुरु हुने बताउँनु भएको छ ।

पुनःनिर्माणको कुरा गर्ने हो भने एक वर्षभित्रमा मन्दिरको एक तला निर्माण सकिसकेको छ ।  त्यसोत मन्दिरका पूजारी इन्सास बहादुर थापा डेढ वर्ष भित्रमा मन्दिरको पुनःनिर्माण सकेर र भक्तजनहरुलाइ पूजाअर्चनाका लागि खुल्ला गर्ने तयारी रहेको बताउँछन । मन्दिर पुनःनिर्माणका लागि बढ्दो बजार भाउका कारण लगात इष्टिमेन्ट भन्दा बढि अर्थात रु १५ करोड आवश्यक पर्ने अनुमान गरिएको छ । मन्दिर निर्माण गर्न सरकारले करिब रु चार करोड दिएको थियो भने भक्तजनबाट अहिलेसम्म करिब रु ६ करोड ५० हजार सङ्कलन भइसकेको थाहा भएको छ ।

 नेपाल सरकार, मन्दिर जीर्णोद्वार समिति र मनकामना दर्शन प्रालिको अग्रसरतामा अघि बढेको  मन्दिरको निर्माणकार्य ५० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको छ । यसवीचमा मनकामना दर्शन प्रालिका कार्यकारी निर्देशक राजेशवावु श्रेष्ठले मनकामना मन्दिर पुर्ननिर्माणका लागि प्रालिको तर्फबाट केवलकारको टिकटमा १५ प्रतिशत छुटको योजना कार्यान्वयन गर्नुका अलावा मनकामना सम्म वस सेवा संचालन गर्ने मनकामना दर्शन प्रालिको आधिकारीक टुर अपरेटर, मनकामना स्थित सम्पूर्ण होटल व्यवसायीले खाना तथा कोठाका लागि १५ प्रतिशत छुट उपलब्ध गराउँन

(मनकामना केवुलकारका प्रवद्र्धक तथा स्थापक स्वर्गीय लक्ष्मणबावु श्रेष्ठ)
(मनकामना केवुलकारका प्रवद्र्धक तथा स्थापक स्वर्गीय लक्ष्मणबावु श्रेष्ठ)

क्याम्पेननै सुरु गरिएको जानकारी दिनु भएको छ ।  साथै प्रालिले यसको अतिरिक्त जिर्ण अवस्थामा रहेको मन्दिरको पुनर्निर्माणका लागि मनकामना केवुलकारका प्रवद्र्धक तथा स्थापक स्वर्गीय लक्ष्मणबावु श्रेष्ठको इच्छा अनुसार १ करोड रुपैयाँ सहित संस्थाले थप २ करोड रुपैयाँ जुटाइदिने प्रवन्ध मिलाइ दिएको थियो ।