बिहिबार, बैशाख १३, २०८१

भरतपुर १९मा च्यातिएका मतपत्र सर्वोच्च पुग्यो

चितवन आषाढ १३,  भरतपुर महानगरपालिका–१९ को मतगणना विवादमा निर्वाचन आयोगले वडा नं १९ मा पुनः मतदानका लागि दिएको निर्देशन प्रति विमति राख्दै आयोगको पुनः मतदानको निर्णय विरुद्ध सर्वोच्चमा दायर रिट सुनवाइ गर्ने क्रममा सर्वोच्चका कायममुकायम प्रधानन्याधीश गोपालप्रसाद पराजुली र न्यायधीश Court_20150619042154हरिकृष्ण कार्कीको संयुक्त इजलासले आषाढ ६ गते जारी गरेको थियो ।

अदालतको प्रस्तुत आदेश अनुरुप जिल्ला निर्वाचन अधिकृतको कार्यालय र जिल्ला प्रशासन कार्यालयले आज भरतपुर महानगरपालिका वडा नं १९ को मतगणनाको क्रममा च्यातिएका ९० वटा मतपत्र संगै थप कागजात आज राजधानी पठाएका छन् ।

अदालतको आदेश मुताविक मुख्य निर्वाचन अधिकृत कविलप्रसाद न्यौपाने, सहायक मतदान अधिकृत गम्भीर घिमिरे  र प्रहरी नायब निरीक्षक गोविन्द श्रेष्ठले आज विहान दलका प्रमुख र प्रतिनिधि एवम् उम्मेदवारको रोहवरमा सुरक्षित राखिएको मतपत्र लिएर राजधानी आएको हो ।

स्मरण रहोस भरतपुर महानगरपालिका–१९ को मतगणना विवादको सवालमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले पुनः मतदान गर्नुपर्ने माग गर्दै आएका छन् भने नेकपा एमालेले मतगणना जारी राख्नुपर्ने माग गर्दै सर्वोच्च पुगेको हो । ।