बुधबार, बैशाख १२, २०८१

भतिजलाई बर्खास्त गर्दै छोरा सालमनलाई साउदी अरेबियाको युवराजाधिराज घोषित

समाचार एजेन्सी ७, रियाद, साउदी राजा सालमनले आफ्ना छोरा मोहमद बिन सालमनलाई साउदी अरेबियाको युवराजाधिराज घोषणा गरेका छन् । उनले यसअघि आफ्का भतिज मोहमद बिन नायफलाई युवराजाधिराज नियुक्त गरेका थिए । राजा सालमनले उनलाई बर्खास्त गरी आफ्ना छोरा मोहमद बिनलाई युवराजाधिराज बनाएका हुन् ।

साउदी प्रेस एजेन्सीले बुधबार साउदी अरेबियाली राजदरबारबाट प्रकाशन गरेको सूचनालाई उद्धृतगर्दै दिएको समाचारमा सो विषय उल्लेख गरिएको छ । वराजाधिराजका साथै उनलाई साउदी अरेबियाको रक्षामन्त्रीमा पनि नियुक्त गरिएको अन्तराष्ट्रिय समाचार माभ्यमहरुले जनाएको छ ।