मङ्लबार, बैशाख ११, २०८१

 बिरामीको मृत्युपछि नागरिक अस्पताल तनावग्रस्त, आकस्मिककक्ष तोडफोड, मृतकका आफन्त र प्रहरीवीच झडप

1307362134nagarikकाठमाडौं आषाढ ७, भक्तपुरको गठ्ठाघरस्थित नागरिक सामुदायिक अस्पतालमा तनाव उत्पन्न भएको छ ।  चिकित्सकको लापरबाहीका कारण बिरामी उषा बस्नेतको मृत्यु भएको भन्दै आफन्तले अस्पतालको आकस्मिककक्ष तोडफोड गरेपछि अस्पतालमा तनाव सिर्जना भएको हो ।

प्राप्त घटना विवरण अनुसार छाती दुखेपछि उपचारका लागि आएकी दोलखा, भीमेश्वर नगरपालिका–५ की ३२ वर्षीया उषा बस्नेतको उपचारकाक्रममा मंगलबार राति मृत्यु भएपछि आफन्तहरु अस्पतालले लापरबाही गरेको भन्दै विरोधमा उत्रिएका हुन् ।   तोडफोडमा उत्रिएका मृतकका आफन्तलाई रोक्नेक्रममा प्रहरीसँग झडप भएको थियो । तोडफोडका कारण आकस्मिककक्ष बन्द गरिएको छ ।

  यसअघि पनि  २०७३ भाद्रमा  सिन्धुली कमलामाई–६ घर भई लोकन्थली बस्ने २१ वर्षीया मीना विश्वकर्माको  सामान्य पेट दुखेर उपचारका लागि ल्याएको श्रीमतीको समयमै उपचार नगरी पाँच घन्टासम्म नदुख्ने औषधि तेब्बर डोज दिएर डाक्टर आउँदैछन् भनेर रोकेर बिरामीलाई अन्य अस्पतालमासमेत लान नदिँदा श्रीमतीको मृत्यु  भएको भन्दै  यस्तै  घटना भएको  थियो । 

तनाव पछि   अस्पतालले उपचारमा आएका मृतक परिवारलाई क्षतिपूर्ति  स्वरुप  रु दुई लाख  दिने र अस्पतालमा उपचारमा लागेको खर्च मिनाहा गर्ने सहमति भएपछि पीडित पक्षले आन्दोलन फिर्ता लिदै   शव बुझेका थिए ।