बिहिबार, बैशाख १३, २०८१

बाँकेमा २ लाख ४६ हजार ७८ मतदाता आफ्नो मताधिकार प्रयोग गर्ने तयारीमा

बसन्त शर्मा /  बाँके आषाढ १३,  बाँकेमा दोस्रो चरणको स्थानीय तह निर्वाचन अन्र्तगत सम्पूर्ण तयारी पूरा भएको क्षेत्रीय निर्वाचन कार्यालय नेपालगन्जले जनाएको छ । बाँकेमा रहेका १ उप–महानगरपालिका १ नगरपालिका र ६ गाउँपालिकाका सम्पूर्ण मतदान केन्द्रमा निर्वाचनको लागी आवश्यक पर्ने साम्रगीसहित कर्मचारी र सुरक्षाकर्मी पुगिसकेका छन् ।  बाँकेको नेपालगन्ज उपमहा नगरपालिकामा नेपाली काँग्रेसका मेयर पदका लागि डा.सुरेश कुमार कनोडिया र राष्ट्रिय प्रजातन्त्र 19496486_10210748859089912_1510509085_oपार्टीका महामन्त्री धवल शम्सेर राणा, एमालेका समसुद्दिन सिद्दिकी र माओवादी केन्द्रका दामोदर आर्चाय,  कृष्ण पाण्डे,कमरुद्दिन राइ,रितुसिहं शाही मैदानमा रहेको छ ।

जिल्लामा ९० प्रतिशत भन्दा बढि मतदाताले मतदाता परिचयपत्र लिईसकेको क्षेत्रीय निर्वाचन कार्यालय नेपालगन्जका प्रमुख बसन्त  राज अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार बुथ निर्माण लगायतका सम्पूर्ण काम सकेर भोली बिहान निर्वाचन गराउने तयारीका साथ कर्मचारीहरु बसेका छन् । बाँकेमा पुरुष १ लाख २५ हजार ९ सय ९३, महिला १ लाख २० हजार ८४ र तेस्रोलिङ्गी १ जना गरी कुल २ लाख ४६ हजार ७८ जना मतदाता रहेका छन् ।
करिव २० प्रतिशत मुस्लिम समुदाय रहेको नेपालगन्जमा पछिल्लो समय मुस्लिम समुदायको मत कसरी आफ्नो पक्षमा पार्ने रणनीतिमा दलका नेताहरु सुक्ष्म रुपले लागि परेको देखिन्छ ।

यसैबीच बुधबार विहान ७ बजेदेखि ५ बजेसम्म मतदानमा सहभागी हुन आयोगले मतदाता परिचय पत्र लिएर मात्र मतदान गर्न जान आग्रह गरेको छ । यदि कारणवश मतदाता परिचय पत्र हराए वा लिन नपाएको भए आयोगले तोकेको बैकल्पिक व्यवस्था अनुसारका कागजपत्र लैजान आग्रह गरेको हाम्रा सहकर्मीले जनाएको छ । स्रमण रहोस ,प्रदेश नम्बर १, ५ र ७ का गरि बुधवार ६४ लाख ३२ हजार ७६५ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्ने भएको छ ।