बिहिबार, चैत्र १५, २०८०

बहुमतीय प्रक्रियाबाट मुलुकको प्रम चयनका लागि राष्ट्रपतिको आव्हान

ज्येष्ठ  २१ गते  संविधानको धारा २९८ को उपधारा (३) बमोजिम प्रधानमन्त्री  चयन  गरिने 

काठमाडौ ज्येष्ठ १८,  सहमतीय आधारमा प्रधानमन्त्री चयनको प्रक्रियाबाट प्रधानमन्त्री चयन गरी निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले गत ज्येष्ठ ११ गते नेपालको संविधानको धारा २९८ को उपधारा (२) बमोजिम गरेको आव्हान अगाडि नबढेपछि पुन राष्ट्रपति भण्डारीले आजदेखि बहुमतीय Captureआधारमा प्रक्रिया अगाडि बढाउन आग्रह गर्नुभएको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता मोहनप्रसाद वाग्लेले आज जारी गर्नुभएको विज्ञप्तिमा नेपालको संविधानको धारा २९८ को उपधारा (३) बमोजिम व्यवस्थापिका–संसद्को तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको बहुमतको आधारमा बहुमतीय आधारमा प्रधानमन्त्री चयन गरी निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन गर्नका लागि व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई आव्हान गर्नु भएको उल्लेख गरिएको छ ।

यसैवीच  आज बसेको   प्रधानमन्त्री  चयनका लागि  बहुमतिय  प्रक्रिया  सुरु  गर्न राष्ट्रपतिको कार्यालयबाठ  जारी  आह्वान पत्र   व्यवस्थापिका–संसदको बैठकमा  प्रस्तुत गर्ने  तयारी  रहे पनि    विपक्षी एमालेले संसद अवरोधलाइ जारी राखेपछि संसद सचिवालयले ज्येष्ठ  २१ गते प्रधानमन्त्री निर्वाचनका लागि आइतबार ११ बजे  बस्ने गरि संसद बैठक स्थगित गरेको छ ।