बुधबार, बैशाख १२, २०८१

पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध

Captureचितवन आषाढ ४,  नारायणगढ–मुग्लिन सडकखण्डको पहिरो खसेपछि गएराति १ बजेबाट सडक अवरुद्ध भएको छ । सडकखण्ड विस्तारको क्रममा नारायणगढतर्फ भित्तो काटिएको ठाउँमा गएराती पहिरो खसेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनलाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख भएअनुसार पहिरो पन्छाउनका लागि तीनवटा एक्साभेटर र एउटा लोडर परिचालन भइरहेको र पहिरोले धनजनको क्षति नभएको जनाइको छ ।