शुक्रबार, चैत्र १६, २०८०

न्यूनतम पारिश्रमिकको कार्यान्वयन र पत्रकारको भौतिक सुरक्षा गर्न महासंघको माग

काठमाडौ आषाढ ५, नेपाल पत्रकार महासङ्घको केन्द्रीय प्रतिनिधीमण्डलको तर्फबाट आज प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई तथा शुभकामना व्यक्त pm-office-11012017102857-600x0गरिएको छ । महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टको नेतृत्वमा शुभकामना दिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेका टालीले त्यस अवसरमा प्रम देउवालाइ शुभकामना दिदै निजी सञ्चारमाध्यममा पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयन एवम् पत्रकारको भौतिक सुरक्षा लगायतका माग गरेका छन ।

त्यस अवसरमा प्रधानमन्त्री देउवाले पत्रकारको शक्तिशाली कलमलाई मुलुक र जनताका पक्षमा चलाउन आग्रह गर्नुको अलावा मुलुकको विकास तथा निर्धारित मितिमा निर्वाचन सम्मपन्न गर्ने वातावरण निर्माणमा कलमको शक्ति प्रयोग गर्नु पर्नेमा जोड दिनुभएको थियो । प्रतिनिधीमण्डलमा महासचिव उजिर मगर, उपाध्यक्ष अनिता विन्दुलगायत विभिन्न सञ्चारमाध्यममा आबद्ध सञ्चारकर्मीको सहभागीता रहेको थियो ।