शनिबार, बैशाख ८, २०८१

दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागिआज उम्मेदवारी दर्ता हुँदै

खोटाङमा मनोनयन दर्ता गर्न समय विभाजन

काठमाडौ आषाढ ४,  स्थानीय तहको द्रोस्रो चरण अन्र्तगतको प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ स्थानीय तहमा हुने निर्वाचनको लागि आज उम्मेदवारी downloadमनोनयन दर्ता हुँदैछ ।  सरकारले प्रदेश नम्बर २ को निर्वाचन असोज २ गतेलाई सारेपछि तीनवटा प्रदेशमा आगामी आषाढ १४ गते निर्वाचन हुन लागेको हो । निर्वाचन आयोगले बिहान ८ देखि अपरान्ह ४ बजेसम्म सबै गाउँपालिका र नगरपालिकामा रहेका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता हुने जनाएको छ ।

  निर्वाचनको तयारी  एवम् मनोनयन दर्ताको सम्बन्धमा शनिवार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भइसकेको बताउँदै आवश्यक सुरक्षाको सवालमा भौतिक व्यवस्था मिलाउन आवश्यक निर्देशन दिइसकिएको जनाउ दिनु भएको छ । प्रस्तुत निर्वाचनको क्रममा तराईमा राजपा र पहाडी जिल्लामा विप्लव माओवादीबाठ केहि समस्या हँने सुरक्षा निकायको बुझाइ रहेको छ ।  आयोगका अनुसार प्रदेश नम्बर १,प्रदेश नम्बर ५ मा र देश नम्बर ७ मा हुने प्रस्तुत निर्वाचनबाट १ महानगर, ७ उपमहानगर, १ सय ११ नगरपालिका र २ सय १५ गाउँपालिकामा १५ हजार ३८ जनप्रतिनिधी चुनिने जनाएको छ ।

यसवीच आगामी असार १४ गते हुने स्थानीय तहको निर्वाचनको मनोनयन दर्ता गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयले राजनीतिक दललाई समय विभाजन गर्दै तालिका सार्वजनिक गरेको छ । निर्वाचन अधिकृतको कार्यालयले राजनीतिक दललाई  मनोनयन दर्ताका लागि नेकपा माओवादी केन्द्र लाई बिहान ८ बजेदेखि ८:४५ बजेसम्म, नेकपा एमालेलाई ९ बजेदेखि ९:४५ बजेसम्म, नेपाली काँग्रेसलाई १० बजेदेखि १०:४५ बजेसम्म, राप्रपालाई दिउँसो ११ बजेदेखि ११:४५ बजेसम्म, सङ्घीय समाजवादी फोरम र नयाँ शक्तिको संयुक्त मोर्चालाई १२ बजेदेखि १२:४५ बजेसम्म त्यस्तै नेकपा मालेलाई १ बजेदेखि १:४५ बजेसम्म र खम्बूवान् राष्ट्रिय मोर्चालाई २ बजेदेखि २:४५ बजेसम्मको समय विभावजन गरेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।  त्यस्तै स्वतन्त्र उम्मेदवारलाई भने बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म जुनसुकै समयमा मनोनयन दर्ता गर्न पाउने व्यवस्था मिलाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।