शनिबार, बैशाख ८, २०८१

दोस्रो चरणको स्थानीय तह निर्वाचनमा ७० प्रतिशत मतदान : आयोग

Election-Commission-Nepalकाठमाडौ आषाढ १४ ,आज सम्पन्न दोस्रो चरणको स्थानीय तह निर्वाचनमा कम्तीमा ७० दशमलव ५ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन सकिएपछि आयोगमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आज मतदान सम्पन्न भएका ३५ जिल्लाबाट प्राप्त प्रारम्भिक विवरणअनुसार कम्तीमा ७० दशमलव ५ प्रतिशत मतदान भएको जानकारी दिनुभएको छ । आज निर्वाचन भएका । प्रदेश नं १, ५ र ७ गरी ३५ जिल्लाका ३३४ स्थानीय तहका कुल आठ हजार ३६४ मतदान केन्द्रमध्ये बझाङको जयपृथ्वी नगरपालिकाको पाण्डु मावि मतदान केन्द्र ‘क’, ‘ख’ बाहेक अन्य सबै मतदान केन्द्रमा मतदान शान्तिपूर्ण र मतदाताको व्यापक सहभागितामा सम्पन्न भएको आयोगले जनाएको छ ।

त्यस्तै पत्रकार सम्मेलनमा प्रमुख आयुक्त डा यादवले प्रस्तुत निर्वाचनबाट मतदाताले लोकतान्त्रिक अभ्यासमा जनाएको व्यापक सहभागिताप्रति आभार प्रकट गर्दै आममतदातामा धन्यवाद ज्ञापन गर्नुको अलावा निर्वाचनलाइ असफल बनाउँन विरोधीले केही ठाउँमा राखेका बमलाई निस्कृय बनाउन र मतदान कार्यमा बाधा पु-याउने व्यक्तिलाई नियन्त्रणमा लिई निर्वाचन कार्यलाई सफल बनाउनमा सुरक्षाकर्मीले समयमा नै देखाएको तदारुकताका कारण मतदान कार्यमा अधिकाधिक सहभागिता बढाएको भन्दै आयोगले सुरक्षाकर्मी एवम् अन्य सरोकारवालालाई समेत धन्यवाद दिनु भएको छ ।  त्यस्तै   प्रमुख आयुक्त डा यादवले प्रथम चरणको निर्वाचनको अनुभवको आधारमा यसपटक मतगणना छिटो सम्पन्न गर्न आवश्यक व्यवस्था मिलाइएको जानकारी दिनुभयो । छिटो मतदान सम्पन्न गर्न आवश्यक जनशक्तिको व्यवस्थापन गर्न, भौतिक सुविधा र सुरक्षा व्यवस्था मिलाउन निर्वाचन अधिकृत र स्थानीय प्रशासनलाई निर्देशन दिइएको उहाँले बताउनुभयो ।