बिहिबार, बैशाख ६, २०८१

ज्योतिषी सल्लाहमा प्रम देउवा आजबाट प्रम निवासमा

काठमाडौं आषाढ ५, गत ज्येष्ठ २३ गते मुलुकको ४० औ प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको काँग्रेस सभापति शेरबहादुर देउवा सोमबार सरकारी निवास बालुबाटार सरेका छन् । ज्योतिषको सल्लाह अनुसार प्रधानमन्त्री देउवा सोमवार बिहान ६ बजे नै बालुवाटारमा १३ औ दिनको शुभसाइत मिलाएर सर्नु भएको हो । यसअघि deubaउहाँ बूढानीलकण्ठस्थित आफ्नै निवासमा बस्दै आउनुभएको थियो ।
पारिवारिक स्रोतका अनुसार सरकारी निवासको बैठककक्ष, विश्रामकक्ष र भान्साको सामान्य ढङ्गले पुनःनिर्माणका साथै रङरोगनको अलावा सरकारी निवासमा कुनै नयाँ सामान खरिद नगरिएको प्रमको सरकारी निवास सर्नु भएको बालुवाटार स्रोतले जनाएको छ ।