मङ्लबार, बैशाख ११, २०८१

जनताको मन जित्दै क्रियाशील हुँन नेता सिंहको आग्रह

काठमाडौ ज्येष्ठ २८, काँग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय तहको निर्वाचनमा निर्वाचित महिला जनप्रतिनिधिलाइ पार्टीले अगाडि सारेको चुनावी घोषणापत्रलाई 19030604_10155379836187329_1045686142280956067_n19060014_10155379836982329_8061830247846314882_nपूरा गर्दै जनताको मन जित्न आग्रह गर्नु भएको छ ।  नेपाल महिला सङ्घ, काठमाडौ शाखाले स्थानीय तहको पहिलो चरणको निर्वाचनमा निर्वाचित महिला जनप्रतिनिधिलाइ एक कार्यक्रमकावीच आज आयोजित सम्मान कार्यक्रमलाइ सम्बोधन गर्दै नेता सिहंले यस्तो आग्रह गर्नु भएको हो ।

त्यस्तै सम्मान कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य एवम् सांसद अम्बिका बस्नेतले महिला जनप्रतिनिधिलाइ महिलाको हकअधिकारका लागि लाग्न आग्रह गर्दै अगाडि बढ्न उत्प्रेरणा दिनु भएको थियो भने सङ्घका केन्द्रीय अध्यक्ष उमा रेग्मीले संविधानले महिलालाई ठूलो अवसर दिएको भन्दै यो अवसरलाई भरपुर उपयोग गर्न जनप्रतिनिधिलाई आग्रह गर्नुभएको थियो ।

सांसद राज्यलक्ष्मी श्रेष्ठ, सङ्घका जिल्ला अध्यक्ष विष्णुदेवी पुडासैनी, काठमाडौँ महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ), पूर्वसांसद कल्याणी रिजाल लगायतले महिलाको हक र अधिकारलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा आवश्यकता औल्याउँनु भएको उक्त कार्यक्रममा काठमाडौं काँग्रेसका सभापति सबुज बानियाँले काँग्रेसका कारण काँग्रेसले हारेको भन्दै सङ्गठनलाई भोलीका दिनमा सङ्गठनलाइ बलियो बनाउन महिला जनप्रतिनिधीहरुले उच्च् योगादान दिनु पर्ने बताउँनु भएको थियो ।