शुक्रबार, चैत्र १६, २०८०

कामपाले ४१ स्थानमा सार्वजनिक शौचालय बनाउँने

काठमाडौ आषाढ ९ काठमाडौँ महानगरपालिकाले राजधानीको विभिन्न ४१ स्थानमा व्यवस्थित र सफा शौचालय निर्माण गर्ने भएको छ ।

kmc logoयहाँ रहेका सार्वजनिक शौचालय अव्यवस्थित तथा फोहर भएका कारण महानगरको क्लिन द सिटी’ अभियान अन्र्तगत सफा शौचालय निर्माण गर्न लागेको र यसको लागि आवश्यक अध्ययन भइरहेका कामपाले जनाएको छ । यसअघि कामपाले कार्यान्वयमा ल्याएको घुम्ती शौचालय त्यति प्रभावकारी नभएपछि शौचालय हटाएको थियो ।