शुक्रबार, चैत्र १६, २०८०

काँग्रेस सभापति तथा संसदीय दलका नेता देउवा गणतन्त्रान्त्रिक नेपालको १० औ प्रधानमन्त्रीमा निर्वाचित

 bकाठमाडौं ज्येष्ठ  २३ ,   काँग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवा व्यवस्थापिका संसदमा प्रतिनिधीत्व रहेका वर्तमान सत्ता गठबन्धनका साथै राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनता पार्टी, संघीय समाजवादी फोरमलगायत केही साना दलसमेत दुई तिहाइ बहुमतबाट चौथो पटक मुलुकको ४० औ वरियाताक्रममा र गणतन्त्रान्त्रिक नेपालको १० औ प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको  छ ।  सभापति देउवाले व्यवस्थापिका ससंदमा उपस्थित ५ सय ५८ संसद सदस्य मध्ये ३ सय ८८ मत प्राप्त गर्दै उहाँ निर्वाचित हुनु भएको हो । उहाको  विपक्षीमा  १ सय ७० मत परेको  थियो । यसअघि  सभापति  देउवा  क्रमस  २०५२,  ०५८, र  ०६१ मा मुलुकको  प्रम भइसक्नु भएको  छ ।