बुधबार, बैशाख १२, २०८१

एस.एस.डि.आर.सीकी अध्यक्ष उप्रेती सम्मानित

ss19398137_1753669207983037_339984775_nकाठमाडौं आषाढ ५, बिशेष स्कुल तथा पुनस्थापना केन्द्र (एस.एस.डि.आर.सी )की अध्यक्ष तथा समाजिक अभियन्ता सबिता उप्रेतीलाई संकल्प गोर्खाले नगद रु दश हजार सहित सम्मान गरेको छ । अटिजम जस्तो चुनौती पुर्ण अवस्थाको बालबालिकाको सेवामा निस्वार्थ भावनाको साथ समर्पित भई उनिहरुको जिवन रुपान्तरणमा अतुलनिय योगदान पुर्याउन सकृय रुपमा कृयाशिल भई सफल र नेतृत्वदायी भूमिका प्रदान गर्दै समाज सेवामा एक उदाहरणिय कार्य गर्न सफल हुनु भएको भनी संकल्प गोर्खाले अध्यक्ष उप्रेतीलाइ सम्मान गरेको हो ।
संस्थाको अध्यक्ष बुद्धी बहादुर खत्री , सल्लाहाकार भिम कुमार श्रेष्ठ र बोर्ड सदस्यहरु शकुन्तला रसाईली, हरिचन्द्र भट्ट लगायतको टिमले बिशेष स्कुल तथा पुनस्थापना केन्द्रमा आयोजित एक कार्यक्रमकावीच  उहाँलाइ सम्मान गरेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।