बुधबार, बैशाख १२, २०८१

उप सचिवत्रय सहित ८ जनाविरुद्ध ६१ करोड २१ लाख भ्रष्टाचारको मुद्धा दायर

काठमाडौं आषाढ ५, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, इटहरीका उप सचिवत्रय क्रमस रमेश प्रसाद दाहाल,नयराज नेपाल र Captureविष्णु प्रसाद पौडेल सहित ८ जनाविरुद्ध ६१ करोड २१ लाख २८ हजार रुपैयाँ भ्रष्टाचार गरेको भन्दै आइतवार मुद्दा दायर गरेको छ । आयोगले दायर गरेको मुद्दामा २०७१ सावणदेखि २०७३ फागुनसम्म सेवाग्राहीबाट यातायात कार्यालयले संकलन गरेको राजस्वको तुलनामा कम परिमाणमा रकम बैंक दाखिला गरि फर्जी कागजातका आधारमा अनियमितता गरेको उल्लेख गरिएको छ ।

त्यस्तै दायर मुद्धामा आर्थिक वर्ष २०७१ र ७२ मा ६५ करोड ७१ लाख रुपैयाँ राजस्व संकलन भएकोमा ६१ करोड ७७ लाख रुपैयाँ मात्रै बैंक दाखिला गरेर ३ करोड ९३ लाख रुपैयाँ अनियमितता त्यस्तै आर्थिक वर्ष २०७२र ७३ मा ८४ करोड १९ लाख रुपैयाँ संकलन भएकोमा ५७ करोड ७० लाख रुपैयाँ दाखिला गरेर २६ करोड ४८ लाख रुपैयाँ र आर्थिक वर्ष २०७३र७४ को फागुन मसान्तसम्म ८४ करोड ७ लाख रुपैयाँ राजस्व संकलन भएकोमा ५३ करोड २८ लाख रुपैयाँ मात्रै दाखिला गरेर ३० करोड ७९ लाख रुपैयाँ अनियमितता अनियमितता गरेको पुष्टि भएको अख्तियारद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । त्यस्तै विज्ञप्तिमा लेखा अधिकृतद्दय कुमार बहादुर कट्वाल र टिकाराम अधिकारी त्यस्तै लेखापालत्रय सुरेश अधिकारी ,देवराज नेपाल ,रुद्र प्रसाद दाहालविरुद्ध विगो रकमाको माग गर्दै मुद्धा दायर गरिएको छ ।