शनिबार, बैशाख ८, २०८१

गाडी किन्न नपाउँदा सचिवको सरुवा?

काठमाडौं आषाढ ९,  सार्वजनिक खरिद ऐनविपरीत करोडौंको गाडी किन्न अस्वीकार गरेपछि दोस्रो चरणको स्थानीय तह निर्वाचनको पाँच दिनअघि निर्वाचन आयोगका सचिव गोपीनाथ मैनाली सरुवामा गरिएको नागरिक दैनिकमा समाचार प्रकाशित रहेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले सचिव मैनालीलाई downloadप्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गरी उनको ठाउँमा सामान्य प्रशासन मन्त्रालयका सहसचिव महेश्वर न्यौपानेलाई सरुवा गरी निमित्त सचिवको जिम्मेवारी दिएको हो ।

निर्वाचनको निहुँमा करोडौं मूल्य पर्ने पाँचवटा प्राडो किन्न सचिव मैनालीले नमानेपछि प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव, आयुक्तहरु इला शर्मा, नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौडेल र सुधीरकुमार शाहले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर सचिवको सरुवा गराएका हुन् ।  दोस्रो चरणको निर्वाचन हुन केही दिनमात्रै बाँकी रहँदा प्रमुख आयुक्त र चार आयुक्त चढ्ने भन्दै एउटाको दुई करोड रुपैयाँका दरले सोझै पाँचवटा प्राडो गाडी खरिद गर्ने आयुक्तहरुको दबाब सचिव मैनालीमाथि थियो ।