शुक्रबार, चैत्र १६, २०८०

आफैंले बोकेको बम बिष्फोटन हुँदा बिप्लव कार्यकर्ता सिंहको मृत्यु

काठमाडौ आषाढ १३, स्थानीय तहको निर्बाचनको पूर्व सन्ध्यामा कैलालीको धनगढी उप– वडा नम्बर ४ खानेपानी टोलस्थित जीएच एण्ड सन्स होटलको पछाडि 3361_bombगएराति भएको बम बिष्फोटनमा नेत्र बिक्रम चन्द बिप्लव  नेतृत्वको   नेपाल कम्युनिष्ट पार्टीका जिल्ला कमिटी सदस्यको मृत्यु भएको छ ।

धनगढी उप–महानगरपालिका–१२ जुगेडाका करिबव २८ वर्षिय चन्द्र सिंह आफैंले बोकेको बम बिष्फोटन हुँदा राती करिब १० बजेतिर उनी घाइते भेटिएको र सेती अञ्चल अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।  प्रहरीले घटनास्थलबाट सिंहको परिचय खुल्ने कागजात फेला पर्नुको अलावा मृत्यु हुनुअघि सिंहले नै आफ्नो परिचय पनि दिएको जिल्ला प्रहरी कार्यालय कैलालीलाइ उदृत गर्दै प्राप्त समचारमा उल्लेख गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ ।