शनिबार, बैशाख ८, २०८१

आज संसद बैठक बस्दै ,शीर्ष नेताहरुको सम्बोधनपछि कांग्रेस सभापति देउवालाई प्रधानमन्त्रीमा चयन गरिने

 आजै सानो मन्त्रिमण्डल समेत विस्तार गरिने

काठमाडौ ज्येष्ठ २३ , भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदान गर्न निर्वाचन आयोगले दिएको निर्देशन विरुद्ध सर्वोच्च अदालतमा दायर रिटको सुनवाइ गर्दै सर्वोच्च अदालतबाट जारी आदेश एवम् सभामुख ओनसरी घर्तीको पहलमा सोमबार बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा बनेको ४ बुँदे Captureसहमति पछि आजबाट सुचारु हुने व्यवस्थापिका संसद् बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई मुलुकको ४० औ प्रधानमन्त्रीको जिम्मेवारी दिने भएको छ ।

प्रतिपक्षी एमालेले संसद् अवरोध फिर्ता लिएपछि आज बस्ने संसदको पहिलो बैठकमा प्रमुख दलका शीर्ष नेताहरुले सम्बोधन सहितको प्रतिवद्धता अभिव्यक्त गर्ने कार्यसूची बनेको छ । त्यस्तै आजै बस्ने दोस्रो बैठकमा प्रधानमन्त्रीको निर्वाचन गर्दै प्रधानमन्त्रीका लागि कांग्रेस सभापति देउवाले दर्ता गराउँनु भएको एकल मनोनयनको सम्बोधन गर्दै उहाँलाइ प्रममा निर्वार्चित गरिने कार्यक्रम रहेको छ ।  समाचार स्रोतका अनुसार आजको पहिलो बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेका नेता केपी ओली कांग्रेस सभापति देउवा र प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने भएको छ ।

यसैवीच काँग्रेस निकट स्रोतबाट प्राप्त जानकारी अनुसार ४०औं प्रधानमन्त्रीमा निर्वाचित भएसंगै कांग्रेस सभापति देउवाले आजै सानो आकारको मन्त्रिमण्डल समेत गठन गर्ने तयारी गर्नु भएको थाहा भएको छ । यसक्रममा काँग्रेस , सत्तासाझेदार दल माओवादी केन्द्र र फोरम लोकतान्त्रिकबाट केहीलाइ मन्त्री बनाइने जनाउ दिदै पहिलो चरणमा कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की, महेश आचार्य, गोपालमान श्रेष्ठ र फरमुल्लाह मन्सुरले शपथग्रहण गर्ने सम्भावना रहेको जनाएको छ ।