बिहिबार, बैशाख १३, २०८१

आज राति १२ बजेपछि निर्वाचनको मौन अवधि सुरु हुने

काठमाडौ आषाढ ११ स्थानीय तहको दोस्रो चरणको निर्वाचन अन्र्तगत आषाढ १४ गते निर्वाचन हुँने प्रदेश नम्बर १, ५ र ७ अन्तर्गत ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहका निर्वाचनको मौन अवधि आज राति १२ बजेपछि सुरु हुने भएको छ । मौन अवधि सुरु भएपछि उम्मेदवारको पक्ष र विपक्षमा चुनाव प्रचारप्रसार गर्न/Captureगराउन नपाइने निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार स्थानीय तह निर्देशिकाको दफा ६० को (१०)मा मौन अवधि सुरु भएपछि मतदानको काम पूरा नभएसम्म निर्वाचन हुने पदका लागि निर्धारित क्षेत्रभित्र कुनै उम्मेदवारको पक्ष वा विपक्षमा मत लिने वा दिने उद्देश्यले कुनै प्रकारले कुनै किसिमको प्रचार गर्न दिन हुँदैन भन्ने उल्लेख छ । त्यस्तै मतदान गर्ने समयभन्दा ४८ घन्टाअघि सम्मको यस अवधिमा जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै प्रकारले प्रचारप्रसार गर्न वा गराउन निषेध गर्नुको अलावा उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिह्न अङ्कित पहिरन, टोपी, स्टिकर, लोगो, झोला, ट्याटुजस्ता साङ्केतिक सामग्रीको प्रयोग, बिक्री वा प्रदर्शन गर्न निषेध गरिएको आयोगले जनाएको छ ।