बिहिबार, बैशाख १३, २०८१

आज आन्तरिक तथा अन्तर्राष्ट्रियका सबै उडान अपराह्न आधा घन्टा बन्द हुने

काठमाडौं आषाढ ९, हवाई सुरक्षा अभ्यासका लागि आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक तथा अन्तर्राष्ट्रियका सबै उडान अपराह्न ४ः३० देखि ५ः०० त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थबजेसम्म आधा घन्टा बन्द हुने भएको छ। विमानस्थलले हवाई संयन्त्रलाई चुस्तदुरुस्त बनाउन आपत्कालीन योजना र यन्त्र उपकरणबारे विमानस्थलमा पूर्वअभ्यास गर्नेका लागि विमानस्थल आधा घन्टा बन्द गर्न लागेको जनाएको छ ।

संभावित हवाई दुर्घटनाको पक्षलाइ दृष्टिगत गर्दै दुर्घटनाको क्रममा कार्यान्वयन गरिनु पर्ने आपत्कालीन योजना र यन्त्र उपकरणबारे निकायलाई जानकारी गराउँदै यसवीचमा गरिनु पर्ने उद्धारको क्रममा अवलम्न गरिनु पर्नेै तौर तरिकाको पूर्वाभ्यास अन्र्तगत आज आन्तरिक तथा अन्तर्राष्ट्रियका सबै उडान बन्द गरिन लागेको हो । यसको लागि  विमानस्थलले बाँसको विमान बनाइएको र सो विमान दुर्घटना हुने र त्यसपछि उद्धारको अभ्यास गरिने विमानस्थलले जनाएको छ ।