बिहिबार, चैत्र १५, २०८०

आजबाट आयोगले मतदाता शिक्षा सहित परिचयपत्र वितरण गर्दै

downloadकाठमाडौ आषाढ ११,  स्थानीय तहको दोस्रो चरणको निर्वाचन अन्र्तगत आषाढ १४ गते निर्वाचन हुँने प्रदेश नम्बर १, ५ र ७ अन्तर्गत ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहका मतदातालाई आयोगले आजदेखि मतदाता परिचयपत्र वितरण गर्ने भएको छ ।
त्यस्तै दोस्रो चरणमा मतदान गर्न पाउने ६४ लाख ३२ हजार ७ सय ६५ मतदाताका परिचयपत्र सम्बन्धित जिल्लामा पठाइसकेको जनाउँदै आयोगले मतदाता परिचयपत्र विना मतदान गर्न नपाइने भएकाले आफ्नो मतदान केन्द्रमा गएर परिचयपत्र लिन आग्रह समेत गरेको छ ।  त्यस्तै आगाृगले मत बदर नहोस् भनेर परिचयपत्र लिन आउनेका लागि मतदाता शिक्षा पनि सँगै दिइने तयारी गरेको जनाएको छ ।