बिहिबार, बैशाख १३, २०८१

आगलागीका कारण रु डेढ अर्बभन्दा बढीको सामग्री क्षति

भक्तपुर आषाढ ४,  उद्योगपति अनिल केडियाको भक्तपुरस्थित यती कार्पेट इन्डस्ट्रिजमा गए रातिदेखि लागेको भीषण आगलागीका कारण डेढ अर्बभन्दा बढीको Anup_20161227_7सामग्री क्षति भएको छ ।  गएराति ११ः३० बजेदेखि सुरु भएको आगलागी भक्तपुर वारुण यन्त्र, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी तथा काठमाडाँै र ललितपुरका आठ दमकलबाट आठ घन्टापछि बिहान ७ः३० बजे नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । ट्रान्सफर्मर पड्केर आगो निस्किएर बलेको तारबाट कारखानामा आगलागीका कारण इन्डस्ट्रिजको मा रु एक अर्ब ५० करोडभन्दा बढीको सामग्री क्षति भएको प्रारम्भिक अनुमान  गरिएको  प्राप्त समाचारमा उल्लेख गरिएको छ ।