बुधबार, बैशाख १२, २०८१

अव काठमाडौंलाई चीनसँग जोड्ने छोटो सडक आषाढभित्रै

काठमाडौ आषाढ ७,  काठमाडौंलाई चीनसँग जोड्ने दुई देशको उच्च रणनीतिक महत्वको सबैभन्दा छोटो सडक आषाढभित्रै खुल्ने भएको छ । मैलुङदेखि nepal-chinaस्याफ्रुबेसीसम्मको १६ किलोमिटर ट्रयाक खोल्ने जिम्मेवारी पाएको नेपाली सेनाले ७ किलोमिटर डबल लेन, ८ किलोमिटर सिंगल लेन खोलिसकेको छ भने १ किलोमिटर खोल्न बाँकी छ ।

यसपछि गल्छी वेत्रावती– मैलुङ स्याफ्रुबेसी– रसुवागढी जोड्ने उक्त सडक हुँदै राजधानी काठमाडौंबाट चीनको केरुङ करिब ४ घण्टामै पुगिने छ । चीन सरकारले सन् २०२० सम्ममा सिगात्सेबाट केरुङसम्म रेल ल्याउने गरी तयारी गरेको खवर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित रहेको छ ।