काठमाडौं आषाढ ११ , मुस्लिम समुदायको महान पर्व इदुलफित्र ईद को अवसरमा सरकारले सोमवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । एक महिना सम्म रोजा व्रत रमादान सकिएको उपलक्ष्यमा मुस्लिम समुदायले तीन दिनसम्म हर्सोल्लासका साथ मनाइने पर्व इदुलफित्र को अवसरमा सरकारले सार्वजनिक बिदा दिने गरेको हो । गृह मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा सोमवार नेपाल राज्यभर सार्वजनिक पर्व बिदा दिने निर्णय भएको उल्लेख गरिएको छ