बुधबार, असार २२, २०७९

एफएम उद्योगमाथि अव विश्वसनियताको प्रश्न

 

गोपाल कुमार झा-

रेडियोमा एफएम व्याण्डको विकाश भएको झण्डै सात दशक पछि मात्र नेपालमा एफएम रेडियो संचालनमा आयो । २०५२ कार्तिक २२ गते तत्कालीन माहारानी ऐश्वर्यको जन्म दिन पारेर १०० मेगाहर्जमा रेडियो नेपालको स्वामित्वमा स्थापना एफम व्याण्डमा रेडियो सञ्चालनमा आयोे । यो नेपालमा सूचना र संचार क्षेत्रकोलागी कोषे ढुंगा न भने पनि सूचना मनोरञ्जन र चेतना जगाउने तर्फ फड्को मार्ने एउटा सुरुवात चाँही अवश्य भयो । तर यसको सञ्चालनमा रेडियो नेपालले श्रोतको अभावका कारण निरन्तरता दिन नसके पछि निजी क्षेत्रवाट एफएम सञ्चालनका लागी आहवान गरेपछि उनीहरुका लागी अग्रगामी वाटो नै खोलि दियो । सोही वर्षको अन्त्यतिर १०० मेगाहर्ज व्याण्डमा कान्तिपुर, इमेज च्यानल, हिट्स, क्लासिक र म्युजिक नेपालका नाममा निजि क्षेत्रले आ आफ्ना समयमा एक घण्टा देखि आठ घण्टा सम्म कार्यक्रम सञ्ंचालन सुरु गरेका थिए ।

भाषामा राम्रो दखल र मनका भावनालाई व्यक्त गर्न सक्ने क्षमता भएका व्यक्तिलार्इ सामान्य प्रशिक्षण पश्चात कार्यक्रम सञ्चालन गर्न अवसर दिँदा समाजले ती कार्यक्रम सञ्चालकलाई सहजै स्विकार गर्न सकेको थिएन । प्रस्तोताका लागी प्रयोग गरिने आर जे शव्द पनि सम्भवतः आम काठमाडौंवासिहरु पहिलो पटक सुन्ने मौका पाएका थिए । ती आरजे को वारेमा उपत्यका भर नै चर्चा भइरहनथ्यो राम्रो वा नराम्रोे । रेडियो नेपालवाट समाचार वा अन्य सामग्रीको पारम्परिक तरिकाको प्रस्तुति आदि भएका श्रोताहरुका लागी एम एमका नव रेडियोकर्मी आरजेको जीवन्त प्रस्तुतिले छिट्टै आफनो प्रभाव क्षेत्रमा कैद गर्न सफल भए नै साथै दिन प्रति दिन श्रोताको मामm चर्चामा आइसके पछि विज्ञापनकर्तालाई पनि यसले आफ्नो ध्यान आकृष्ट गर्न सफल भयो । यसरी श्रोता र विज्ञापनदाता दुवैको विचमा लोकप्रीय भईसकेपछि एफएम सञ्ंचालकहरुका लागी त्यो आठ घण्टा समय पनि निक्कै कम लाग्न थाल्यो र निजी क्षेत्रमै आफनो फ्रिक्वेन्सिमा एफएम सञ्चालन गर्न उत्प्रेरित गर्यो । करिव तीन वर्षको परिक्षण र प्रशिक्षण पश्चात २०५४ तिर नेपालमा पहिलो पटक रेडियो सगरमाथा, कान्तिपुर एफएम र इमेज च्यानल आफ्नै प्रिक्वेन्सीमा रेडियो सञ्चालमा आयो । रेडियो सगरमाथा चाँही यसमा अलिक अगाडी रहयो । रेडियो सगरमाथा सामुदायिक एफएम एनजिओ अन्तर्गत सञ्चालनमा आयो भने अरु निजि क्षेत्रवाट ।
सूचना मनोरजन, अन्तकृया र श्रोताहरुको आवाज संगै उनीहरुको भावनालाई जस्ताको त्यस्तै प्रस्तुत गर्न सक्ने र एफएम व्याण्डको आवाजको गुणवत्ताका कारण एफएम रेडियोको लोकप्रियता दिनानुदिन वढदै गयो र उपत्यका वाहिर पनि थुप्रै एफएम सञ्चालक अग्रसर भए । यसरी नेपालमा सूचना तथा मनोरञ्जन को अर्को अध्याय सुरुवात भएको भन्दा न्यायोचित नै होला । उपत्यका र मोफसलमा केही संख्यामा मात्र सिमित रहेका एफ एमवाट समाचार र अन्तवार्ताका साथै जनआवाजलाई जस्ताको त्यस्तै प्रस्तुत हुन थाले पछि रेडियो नेपालको एकाधिकार त टुटने नै भयो साथै यसले सूचनाका पहुँचलाई जनस्तर सम्म पु्र्याउने ठूलो मौका पनि पायो । एफएमको लोकप्रियता आकाश छुदै गयो तर यसका चुनौती प्रति खासै ध्यान दिन सरोकारवाला चुकेको भन्दा अन्याय नहोला । सही समाचार सम्प्रेसन र त्यसको प्रस्तुति रेडियोको मूलमन्त्र भएपनि भावनामा वहकिएर र राजनितिक आस्थाका दास वनेर समाचार सम्प्रेसन र कार्यक्रम प्रस्तुत गर्दा कदापी सञ्चार जगत प्रति न्याय गरेको देखिएन । र अहिले यहिनै सवै भन्दा ठूलो चुनौतीको रुपमा प्रस्ट देखिएको छ एफएम रेडियोका लागी । देशभर करिव ४५० एफ एमहरु सञ्चालनामा छन् तर अधिकांश एफएमका सञ्चालक र रेडियोकर्मी आ आफ्ना राजनितिक अभिष्ट पुरा गर्ननै लागी परेको देखिन्छन् । त्यसैले होला एफएम उद्योगमाथि अव विश्वसनियताको प्रश्न खडा भएको छ । सुरुवाती समय र अहिले को अवस्थालाई तुलना गर्ने हो भने एफ एमको भूमिका पनि थप्दै गई रहेकोछ । यसको अगाडी समाजको रुपान्तरणका लागी ठूलो दायित्व छ र केही हद् सम्म यसले सो लक्ष्य पुरा गर्नमा ठूलो सहयोग गरे पनि यो क्षेत्र यश पाउन संघर्षशील छ ।

नेपालमा राजनितिक परिवर्तणका साथै समाजिक रुपान्तरणमा ठूलो योगदान गरे पनि राज्यले यस क्षेत्रलाई न्यायोचित व्यववहार गरेको देखिदैन । सवै भन्दाठूलो त्रुटी कहाँ छ भने एफएमको इजाजतपत्र दिने निकायले चुस्त दुरुस्त साथै वैज्ञानिक तरिकाले अध्ययन नै नगरिकन , दिगोपनका लागी आधारको पुष्ट जानकारी नै नलिईकन ईजाजत वितरण गर्नु । साथै एफएम खोली सके पछि नियमित नियमन नगर्नु पनी यसकोे कमजोरी हो । यसले अत्यन्तै अस्वस्थ प्रतिस्पर्धा त खडा गरेकैछ साथै अर्बौ रुपैयाको लगानी भएको यो क्षेत्र दिनानुदिन लथालिड। वन्दै गईरहेका छ किन भने यसलाई धान्न सक्ने विज्ञापन वजारको वृद्घीदर अत्यन्तै न्युन छ । एफएम पुर्ण रुपले विज्ञापनमा निर्भर भएकाले यसको संख्याको आधारमा यो वजार एकदमै सानो छ जसले नेपालका सञ्चालनमा आएका करिव ४५० एफएमलाई धान्न सक्दैन ।  एफएमका आर्थिक पक्षका चुनौती वाहेक , विद्युत प्रवाहमा भारी कटौती,दक्ष जनशक्तिको अभावका साथै तथा उत्पादित जनशक्ति  लागी रोजगारका अवसर कम हुदै जानु अर्को चुनौती हो । दक्ष जनशक्तिको  अभावले एफएम अहिले अत्यन्तै कठिन समयवाट गुज्रिरहेका छन र यसकालागी पुर्वाधार खासै खडा भएको पनी देखिदैन । यसरी वजारको वर्तमान अवस्था र जनशक्तिको  अभावको नकारात्मक प्रभावका कारण एफएम व्यवसायीले नयाँ तरिकाले सोच्नु पर्ने वेला आइसकेको छ । एकै ठाँउमा सानो वजारले धान्ने नसकिने एफएमलाई गाभेर ठोस रुपमा प्रस्तुत गर्ने वातावरणको सृजना गर्ने तर्फ सञ्चालक र सरकार दुवैले पहल गर्न जरुरी छ । यसबाट स्थायित्व प्रदान गर्नुका साथै कार्यरत पत्रकार र अन्य प्राबिधिकको भविष्य सुनिश्चित त हुनै नै छ साथै एफएम प्रति वढ्दै गएको नकारात्मक टिका टिप्पणीलाई पनि रोक्ने छ ।  एफएम क्षेत्रका लागी अर्को चुनौती हो यसको वर्गीकरण । सामुदायिक र निजि क्षेत्रवाट सञ्चालीत एफएमको वर्गीकरण गरिएको छैन । सरकारले गैर नाफामुलक संस्थावाट सञ्चालनमा आएका र निजि क्षेत्रवाट संचालन भईरहेको एफएमलाई आधिकारिक रुपमै वर्गीकरण गर्नु पर्छ किन भने एनजिओ वा सहकारी क्षेत्रवाट सञ्चालित अधिकांश एफएम उदेश्य पुरा गर्न सफल भएको देखिदैन यि एफएमको सञ्चालन प्रकृया वा प्रशारण गरिने सामग्री निजि क्षेत्रकै भन्दा फरक छैनन् । समुदाय वा स्कुल, कलेज को नाममा ईजाजतपत्र लिएर ठेक्कामा संचालन गर्न दिनु, ईजाजत पत्र लिएर वेचविखन गर्नु जस्ता विकृती तुरुन्त रोकिएन भने यस क्षेत्र धरासायी हुने पक्का छ र समाजमा पनि नकारात्मक प्रभाव पर्नेछ । यसका साथै निजि क्षेत्रवाट सञ्चालित एफ एम हरु पनि विकृतीवाट ग्रसित छन । राजनिति र खास आस्था प्रति वढी ढल्कीएर कार्यक्रम संचालन गर्नु गराउनु पक्कै संचार प्रति न्यायोचित काम होईन । ञ्चारमाध्यमका आ-आफ्ना मर्यादा हुन्छन् र यसको पालना गरिएन भने यसले समाजमा विभाजन ल्याउँछ जुन कालान्तरमा गएर देशकै लागी नराम्रो अवस्था निम्त्याउन सक्छ । यस प्रति समाज , एफएम संचालक, पत्रकार र सरकार स्वयं समय मै सचेत हुनु जरुरी छ ।

(झा,ब्रोडकास्टीड एसोसिएशन अफ नेपाल, बानका अध्यक्ष हुनुहुन्छ ।)

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2017
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031