शुक्रबार, चैत्र १६, २०८०

लघुसंस्मरण : खैजु टेकमान !

17005892_1419186218112455_455920737_n-कृष्ण पौडेल

खैजु टेकमान ! भनेपछि कीर्तिपुर नयाँ बजारका त्यतिबेलाका अब्बल ब्यापारी त्यसमाथि मेरो घरभेटी पनि तत्कालीन अब्बल व्यापारी भएकै कारण कौडीको माल पनि उनको पसल पुग्दासाथ सुनको मुल्यमा परिणत हुने चमत्कारी कला थियो खैजुको । ब्यापार गर्ने चम्तकारी गुण एवम् पाएक व्यापरिक एरिया अर्थात कीर्तिपुरको बौद्ध स्तुपको माथी उनको पसल भएकै कारण मात्र खैजु र उनको पसल चमत्कारिक भएको भने कदापी होईन । उनको थप विशेषता भनेको पातलो जिब्रो र मिठो बोलीसंगै फुरमाने कालो बना कालो भने झै टेकमान एक को माल छ मा र सय रुपयाँको तमसुकको पछि जिरो थप्नमा एक नम्बर मानिनुको अलावा कालो माललाई सजिलै सेतो बनाऊन खप्पिस।
आफ्ना ग्राहकहरुमाझ आज नगद भोली उधारोको मुलमन्त्रको ठिक विपरित अर्थात भोली नगद आज उधारोको निति अख्तियार गर्दै खैजुले समानको क्रयमुल्य पुरा राखि बाँकी रकम ढेवा ढेवा भनि फिर्ता गर्थे र आफैले आफुलाई खैजु बचनको पक्का भएको परिचय दिन समेत पछि पर्दैनथ्ये । यहाँसम्की नेपालमै बनेको माल कोरियन कम्पनिको बक्समा राखि कोरियन भनि बेच्दै खैजुले व्यापरिक शोषण गर्दै अथाह सम्पती जम्मा गरेका थिए। ग्राहकहरुलाइ खैजुको चरित्रको ज्ञात नभएको भने पक्कै होइन तर उधारो नपाउने डरले उनको साम्न्ने कसैको बोल्ने हिम्मत गर्न सकेका थिएनन । प्रस्तुत कटाक्षका स्तम्भकारले धेरैपल्ट प्रत्यक्षरुपमा आफ्नै आँखाले खैजुको बदनियत तथा ढाँट् चरित्र नदेखेको भने होइन तर खैजु भन्थे कोरियन त हो के गर्ने जस्तो आयो त्यस्तै गरे ।

यद्यपी खैजुले छलकपट र वेइमान जेजस्तो गरेर अथाह सम्पति जम्मा गरे पनि खैजु भित्र भित्रैपननीले भिजेको सुल्लको काठ जस्तै मक्किएका थिए। एकातर्फ अथाह सम्पति अर्को तर्फ निसन्तान हुनुको पिडा ।

खैजुले सन्तानको आशामा सातजना श्रीमती भित्राएका थिए। तर ती सात श्रीमती मध्ये खैजुसंग केबल कान्छी श्रीमती करिस्मा मात्र बाँकी थिईन । आधा दशक पार गरेका खैजुले यसवीचमा सन्तान दिन नसकेको भन्दै साविककी आधादर्जन श्रीमतीलाइ पिटपाट गरि लखेट्ने नयाँ श्रीमती ल्याउँने क्रममा कान्छी श्रीमती करिस्मा जुन खैजु भन्दा आधा उमेरकी थिइन,साच्चै सिनेजगतकी करिस्मा भन्दा कम थिईनन सनि ।  मेकअप बिना पनि सूर्यको किरण जस्तै टल्कन्थिन । बिचरा उनको मेकअप भनेको पसलमा समान मिलाउदाँ वा ग्राहकको सेवा गर्दा उडेको धुलो नै थियो। ऊनको मुहारमा बसेको धुलो बिहानीको हिमालमा टल्केको घाँम या दुबोमा परेको पानी जस्तो टलकिन्थ्यो।  खैजुले उनलाई उनको माईतीको आर्थिक कमजोरीको फाईदा ऊठाउदै आफ्नो सावाब्याज उठाउन जबरजस्ती भित्राएका रहेछन यो कुरा खैजुको मनोरोगले प्रष्ट पार्दथ्यो। खैजु कुनै  अधवैषे पुरुष ग्राहकलाई देखे भने आफ्ना सबै काम छाडी त्यही ग्राहकको अगाडीआइ ढक्क उभिन्थें ताकी खैजुकी करिस्मासँग ऊसको आँखा नजुधोंस।

“कटाक्ष”

Capture

तर घरमा भित्राएको दुई बर्ष बितीसक्दा पनि कान्छीबाट सन्तान नभए पछि खैजु उनलाई पनि पिटपाट पारी आठौं भित्राउने तयारीमा रहेछन। दिन भरी पसलको थकान राति मुक्का मुक्की र भीडन्तबाट पीडित करिस्माले सत्य तत्थ्य पत्ता लगाउन खैजुलाई डाक्टरकोमा जबरजस्ती लगिछन। डाक्टरको रिपोट् अनुसार सन्तान नहुनको दोष खैजुको सात श्रीमतीको नभई खैजुको जीनमा रहेको खुलासा भएको केहि समय पछि सात – सात महिलाको जीवन बरबाद बनाएका खैजु संसदमा प्रतिनिधित्व गर्ने कुनै एक पार्टी लाई भारि चन्दा दिएको भरमा त्यही पार्टीको कोटा मार्फत महिला तथा बाल कल्याण मन्त्रालय एवं बाणिज्य मन्त्रालयको जिम्मेबारी पाएका रहेछन।

केही सयम अघि स्तम्भकार आफ्ने देश नेपाल आएको समयमा आफ्ना पुराना घरभेटीलाई भेटन ऊनले सम्भालेको मन्त्रालय गएको थिए तर हुक्के र बैठकेको घेरामा बसेका खैजु पहिलेका खैजु थिएनन । त्यस् विचमा उनले मलाई के चिन्थे। तर पनि खैजुलाइ भेट्ने चाहनाले गर्दा महिलाको सेबक महिला मन्त्रालय सम्हालेका खैजुलाइ भेट्न बस्दा खेजुका बैठके र हुक्केले खैजुको विशेषताको आलाप लगाउँदै भन्थ्यो खैजुको वात पो वात वा क्या बात भन्दै हुक्के हरु तालि परर्र बजाउँदै गर्दा खैजुको यावत असली चरित्र थाहा भए पनि केहि वोल्न नसक्ने बिवस भई आफ्नै आखाँको साम्ने सबै देख्दा पनि मुखमा तालामारी चुपचाप बून वाध्य म अनि । हजारौंको संख्यामा अनेकौ अपेक्षा सहित खैजुलाइ भेटन आउनेको लर्को त्यसमाथि सियोको शिर र टुप्पो नचिनेका  खैजुले आगुन्त सवैलाइ एउटै उत्तर दिदै भन्थ्यो ।   ल ल किन चिन्ता गरेको म छदै छु नी,यति सानो कामको लागी पनि किन दुःख गरेको फोन गरेको भए भैहाल्थ्यो नि,ल म आजै हाकिमलाई फोन लगाई हाल्छु