शुक्रबार, बैशाख ७, २०८१

महानगरपालिकाका नवनिर्वाचित प्रमुख, उपप्रमुख र वडा अध्यक्षहरूले गरे शपथग्रहण सहित पदभार ग्रहण

काठमाडौं ज्येष्ठ १७ , मुलुकमा २० वर्षपछि गत बैशाख ३१ गते सम्पन्न स्थानीयतहको निर्वाचन मार्फत काठमाडौ महानगरपालिककाा नवनिर्वाचित प्रमुख, उपप्रमुख Anup_20170531_18र वडा अध्यक्षहरूले आज  राजधानीमा विधिवत पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ ।  त्यस अवसरमा महानगरपालिकाको प्रमुख पदमा निर्वाचित विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठलाइ मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले र ३२ वटै वडाका वडा अध्यक्ष तथा सदस्यहरुलाइ प्रमुख शाक्यले पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको  थियो ।

कार्यक्रममा नेकपा एमालेको तर्फबाट निर्वाचित प्रमुख शाक्यले निर्वाचनअघि जनतालाई दिएको वचन पूरा गर्नका लागि सबै दलसँग मिलेर काम गर्ने  प्रतिबद्धता व्यक्त गर्नुभएको थियो भने यो नेपाली काँग्रेसको तर्फबाट निर्वाचित उपप्रमुख खड्गीले राजधानीको प्रत्येक समस्याको समाधानका लागि नगरवासीसँगको सहकार्य गरिने जनाउ दिनु भएको थियो ।

त्यस्तै मुख्य निर्वाचन अधिकृत अधिकारीले निर्वाचनको अवधिभर सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिँदै नवनिर्वाचित जनप्रतिनिधिलाई सफल कार्यकालको शुभकामना दिनुभएको उक्त कार्यक्रममा कामपाका प्रमुख कार्यकारी अधिकृत ईश्वरराज पौडेल लगायतले शुभकामना अभिव्यक्त गर्नु भएको  प्राप्त समाचारमा  उल्लेख गरिएको  छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2017
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930