बिहिबार, चैत्र १५, २०८०

बुद्धशान्तिमा मोटरसाइकल -याली

बुधबारे ज्येष्ठ १५ , झापाको बुद्धशान्तिमा आसन्न स्थानीय निकायको निर्वाचनमा सक्षम नेतृत्व र युवाको प्रतिनिधित्व गराउन दवाव दिने उद्धेश्यले सोमवार मोटरसाइकल -यालीको आयोजना गरिएको छ ।  विकास निर्माणमा युवा, नेतृत्वमा युवा हुनुपर्ने माग राख्दै राजनीतिक दल र दलका नेताले विगतमा विकास निर्माणका कार्यमा उदासिनता देखाएका कारण बुद्धशान्तिमा सोचे अनुरुपको विकास हुन नसकेको ठहर गर्दै स्वतस्र्फत युवाहरुको ¥यालीले सक्षम नेतृत्वलाई जिताउनु पर्ने सन्देश दिएको थियो ।

विभिन्न ठाउँमा कोणसभा गर्दै भएको ¥यालीमा बुद्धशान्तिका विभिन्न वडाबाट युवाहरुको सहभागिता रहेको गणेश खरेलले जनाएका छन् । स्वतन्त्र युवाहरुको समुहले ‘हाम्रो होइन राम्रोलाई जिताउँ’ भन्ने नाराका साथ विभिन्न चेतना तथा दवाव मूलक कार्यक्रमलाई निरन्तरता दिने खरेलले जनाएका छन् ।