बिहिबार, बैशाख ६, २०८१

आज उपत्यकामा सिठी नखः पर्व मनाइँदै

काठमाडौ ज्येष्ठ १७,  आज ज्येष्ठ शुक्ल षष्ठी । आजको दिन काठमाडौ उपत्यकाका नेवार समुदायले पानीको मुहान, इनार, कुवा, पँधेरो, नदी, ताल, खोलानालाका IMG_9501sjh_Road-photography_kumar-nhawan-jaisidewal_20711साथै आफू बस्ने वरपर सरसफाइ गरि ‘सिठी नखः’ पर्व आज मनाइँदैछ    ।

नेपाली समाजमा प्रचलनमा रहेका हरेक चाडपर्वको आफ्नै विशेषता छ । यिनै चाडपर्वले जातीय गौरव र राष्ट्रिय स्वाभिमानको रक्षा गरेको हुन्छ । यहाँ हिन्दू वा बौद्ध सबै जातिले मनाउने एक पर्व हो कुमारषष्ठी सिठीपर्व । बर्सेनि ज्येष्ठ शुक्ल षष्ठी तिथिका दिनलाई  कुमारषष्ठी वा सिठीपर्व मनाइने गरिएको हो ।

कुमारषष्ठी पर्व कहिलेदेखि सुरु भयो र यसको विशेषताका सम्बन्धमा केही ग्रन्थमापौराणिक ग्रन्थमा ज्येष्ठ महिनाको शुक्ल पक्षको षष्ठीका दिन श्री शङ्कर भगवान् शिवजीका ज्येष्ठ पुत्र श्री कार्तिकेय कुमारको जन्म भएको   हुँदा त्यस दिनलाई कुमारषष्ठी भन्न थालिएको  उल्लेख हुँनुको अलावा तिनै कार्तिकेय कुमारलाई नै नेवार समुदायले सिठी देवताको नामले पूजा गर्ने गरेको  उल्लेख भएको पाइन्छ ।