शुक्रबार, चैत्र १६, २०८०

२० वर्षपछि हुन गइरहेको निर्वाचन कसैले रोक्न नसक्ने मन्त्री केसीको जिकिर

काठमाडौ चैत्र ३०, सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले मुलुकमा आसन्न स्थानीय तहको चुनाव कसैले चाहेर पनि रोक्न नसक्ने बताउनुभएको छ । रिपोर्टर्स 1क्लब नेपालले आज राजधानीमा आयोजना गरेको अन्तक्र्रियालाइ सम्बोधन गर्दै मन्त्री केसीले २० वर्षपछि मुलुकमा हुन गइरहेको स्थानीय निर्वाचनप्रति देखिएको जनलहरले अब निर्धारित समयमै चुनाव हुने वातावरण बन्दै गएको जिकिर समेत गर्नु भएको छ ।

साथै यहाँले मधेसी मोर्चालाई चुनावमा सहभागी गराउन उनीहरुको सुझावअनुसार संविधान संशोधनको नयाँ प्रस्ताव ल्याइएको बताउँदै उहाँले यसमा उनीहरु सन्तुष्ट भई चुनावमा सहभागी हुनुपर्नेमा जोड दिनु भएको छ ।

त्यस्तै गरि अअन्तक्र्रियाका अर्का वक्ता प्रधानमन्त्रीका राजनीतिक सल्लाहाकार चक्रपाणि खनालले मधेसी मोर्चाले निर्वाचनमा भाग नलिने निर्णय गर्नु आफैमा घातक निर्णय भएको जनाउ दिदै यदि मोर्चाले सरकार तोकिएको समयमा निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको थियो । त्यस्तैगरि नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले मधेसी मोर्चासँग छलफल नगरीकन दोस्रोपटक संशोधनको विधेयक ल्याइएकोमा असन्तुष्टि प्रकट गर्नु भएको प्रापत समाचारमा उल्लेख गरिएको छ ।