शुक्रबार, बैशाख १४, २०८१

हिसिलालाई गिरफ्तार गर अभियान सुरु, हिसिला यमीले मागिन क्षमा

हिसिलाले होसीमा आफ्नो देशविरुद्ध मबाट जे जस्ता शब्दहरु निस्किए, यसप्रति आफू अत्यन्त दुःखी रहेको भन्दै क्षमायाचना मागिन 

काठमाडौं चैत्र २१, यो देशलाई खारेज गर’ भन्ने हिसिला यमीको अभिव्यक्ति विरुद्ध ‘हिसिलालाई गिरफ्तार गर’ भन्ने अभियान सुरु भएको छ । देशको अस्तित्व समाप्त पार्नुपर्छ भन्दै अभिव्यक्ति दिने हिसिला यमीलाई गिरफ्तार गरेर देशद्रोहको मुद्दा चलाउने माग राखिएको हो ।  कांग्रेस सांसद धनराज गुरुङ, सुनसरी कांग्रेसकी नेतृ मनिता घिमिरे, एमालेकी पूर्व सांसद शान्ता चौधरी, हालै नयाँ शक्ति छाडेर फोरम लोकतान्त्रिक प्रवेश गरेका देव लिम्बू, पत्रकार राजकुमार रेग्मी र राष्ट्रिय भूमि अघिकार मञ्चकी महासचिव सरस्वती सुब्बाले ‘हिसिलालाई गिरफ्तार गर’ अभियान चलाएका हुन् ।

फेसबुक र ट्विटरबाट उनीहरुले चलाएको यो अभियान अन्र्तर्गत हजारौंले फेसबुक र ट्विटरमा हिसिलालाई गिरफ्तार गरेर देशद्रोहको मुद्दा चलाउनुपर्ने माग लेखिरहेका छन् । उनीहरुले सामूहिक रुपमा एउटै कुरा लेखेका छन्– ‘यो देशलाई खारेज गर’९ भन्दै नारा लगाउने हिसिला यमीलाई तत्काल गिरफ्तार गरेर देशद्रोहको मुद्दा चलाइयोस् ११’ त्यसैगरी हजारौंले यही माग र ‘एरेस्ट हिसिला यमी’ ह्यासट्यागमा विचार राखिरहेका छन् ।

पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराईकी पत्नी तथा पूर्व मन्त्री हिसिला यमीले आइतबार राजधानीमा निषेधित क्षेत्र तोड्न खोज्दा पक्राउ परेपछि प्रहरी नियन्त्रणमा बसेर ‘यो देश खारेज गर’ भन्दै नारा लगाएकी थिइन् । उनले लगाएको नाराको भिडियो सामाजिक संजालमा भाइरल भएको छ ।  कांग्रेस सांसद गुरुङ भन्छन्– ‘यो देश खारेज गर भन्नु भनेको देशको अस्तित्व समाप्त पार भनेको हो । प्रहरी नियन्त्रणमा बसेर हिसिलाले नारा लगाएकी छिन् । त्यस्तो नारा लगाउने हिसिलालाई किन रिहा गरियो ?  उनलाई तत्काल गिरफ्तार गरेर देशद्रोहको मुद्दा चलाउनुपर्छ ।

यसैवीच अन्तर्राष्ट्रिय सम्बन्ध विभागका संयोजक एवम् नयाँ शक्ति पार्टी नेपालकी संयोजकहिसिला यमीले आज पत्रकार सम्मेलनको आयोजना गर्दै चैत २० गते नयाँ शक्ति पार्टीले आयोजना गरेको अन्दोलनको क्रममा मैले हाम्रो प्यारो देशलाई अपमान र आधात पर्नेगरी बोलेको भन्ने सम्बन्धमा आएका समाचार र प्रतिक्रियाप्रति आफ्नो ध्यानाकृष्ट भएको जनाउँदै स्थानीय तह निर्वाचन ऐन २०७३ मा संसदबाहिर रहेका दलहरुलाई निर्वाचन चिन्ह नदिने 17522640_687436688115760_9051452787668088751_nव्यवस्था गरिएको विरोधमा निर्वाचन आयोग समक्ष धर्ना दिने कार्यक्रममा । तीब्र आवेसमा चिच्याउँदै नाराबाजी गर्ने क्रममा आफुले स्थानीय निर्वाचन ऐनको आदेश खारेज हुनुपर्छ’ भन्न खोज्दा वेहोशीपूर्वक अन्यथा हुनपुगेको जनाउ दिनु भएको छ ।

त्यस्तै म जनजाति समुदायकी छोरी भएकोले मेरो नेपाली भाषामा राम्रो दखल छैन । त्यसैले आन्दोलनको प्रेसर, भाषागत कमजोरी र वेहोसीमा मैले आदेशलाई अन्यथा उच्चारण गर्न पुगेको हुँ । पछि साथीहरुले रोकेपछि मात्रै म होशमा आएँ र आफ्नो गल्ती महसुस भएको जिकिर गर्दै
म आजीवन देश र जनताको निम्ति समर्पित हुँदै आएकी छु । मेरो सम्पूर्ण परिवार नै देशको हितमा राजनीतिक आन्दोलनमा सहभागी हुँदै आएको छ । हाम्रा वीर पुर्खाहरुले आर्जेको र जोगाएर राखेको यो स्वाधीन र सार्वभौम देश नेपाललाई म असाध्यै माया गर्छु । हाम्रो देश छ र नै त हामी नेपाली भनेर गर्वका साथ बाँचेका छौं ।

त्यसैले यो पवित्र मातृभूमिका विरुद्ध कुनै पनि अपमानजन्य कुरा म बोल्न त के सोच्न पनि नसक्ने हुँ । पछि साथीहरुले रोकेपछि मात्रै म होशमा आएँ र आफ्नो गल्ती महसुस भएको जिकिर गर्दै म आजीवन देश र जनताको निम्ति समर्पित हुँदै आएकी छु । मेरो सम्पूर्ण परिवार नै देशको हितमा राजनीतिक आन्दोलनमा सहभागी हुँदै आएको छ । हाम्रा वीर पुर्खाहरुले आर्जेको र जोगाएर राखेको यो स्वाधीन र सार्वभौम देश नेपाललाई म असाध्यै माया गर्छु । हाम्रो देश छ र नै त हामी नेपाली भनेर गर्वका साथ बाँचेका छौं । त्यसैले यो पवित्र मातृभूमिका विरुद्ध कुनै पनि अपमानजन्य कुरा म बोल्न त के सोच्न पनि नसक्ने भन्दै परिस्थितिजन्य घटना र वेहोसीमा आफ्नो प्यारो देशका विरुद्ध मबाट जे जस्ता शब्दहरु निस्किए सोप्रति म अत्यन्त दुःखित छु । म अन्तरहृदयैदेखि यसवापत सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुसंग क्षमायाचना गरेकी छिन ।