बुधबार, बैशाख १२, २०८१

एमालेको स्थायी समिति : स्थानीय तह निर्वाचन घोषणा पत्र मस्यौदा र निर्वाचन अनुगमन समन्वय समिति गठन

काठमाडौं चैत २१,  नेकपा एमालेको स्थायी समितिको पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आज बसेको बैठकले स्थानीय तह, प्रदेशसभा र केन्द्रीय संसदमध्ये एउटा निर्वाचनमामात्रै एकजना व्यक्ति उम्मेदवार बन्न पाउने निर्णय गरेको छ ।  त्यस्तै बैठकले उपाध्यक्ष बाददेव गौतमको संयोजकत्वमा स्थानीय तह निर्वाचन Microsoft Word - Press Statement Chait 21घोषणा पत्र मस्यौदा समिति र महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा निर्वाचन अनुगमन समन्वय समिति गठन गरेको छ ।

उपाध्यक्ष गौतमको संयोजकत्वमा गठित स्थानीय तह निर्वाचन घोषणापत्र मस्यौदा समितिमा अष्टलक्ष्मी शाक्य, भीम रावल, विष्णु पौडेल, घनश्याम भुसाल, प्रदीप ज्ञवाली, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, किरण गुरुङ, डा। पुष्प कँडेल, लालबाबु पण्डित, बिन्दा पाण्डे, रवीन्द्र अधिकारी, रघुवीर महासेठ र लालबाबु यादव सदस्य छन् ।  त्यसैगरी महासचिव पोखरेलको संयोजकत्वमा गठित स्थानीय तह निर्वाचन अनुगमन तथा समन्वय समितिमा पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली, योगेश भट्टराई, सुवास नेम्वाङ, छविलाल विश्वकर्मा, बेदुराम भुसाल, राजेन्द्रप्रसाद पाण्डे, रघुजी पन्त, भानुभक्त ढकाल, अग्नि खरेल, वंशीधर मिश्र, राधा ज्ञवाली, कृष्णगोपाल श्रेष्ठ र रामकुमारी झाँक्री सदस्य रहेकी छिन ।

बैठक पछि प्रचार विभाग प्रमसख योश भटटराइद्दारा जारी विज्ञप्तिमा प्रदेश कमिटीहरुले ०७४ वैशाख १० गतेसम्म उम्मेदवारको सिफारिस तथा निर्णय गरिसक्नुपर्ने निर्णय गरेको छ ।

पार्टी स्थायी समितिले ०७४ वैशाख १२ गते बैठक बसी उम्मेद्वारका विषयमा केन्द्रबाट गर्नुपर्ने निर्णय सबै निर्णय गर्ने पनि बैठकले तय गरेको उल्लेख गरिएको छ ।  त्यस्तै वित्रप्तिमा ०७४ वैशाख ३१ गते हुने निर्वाचनमा पार्टीलाई विजयी बनाउन केन्द्रीय सदस्यहरु, केन्द्रीय निकाय तथा विभागका सदस्यहरु, सांसदहरुका साथै जनसंगठनका केन्द्रीय नेताहरुलाई सम्बन्धित प्रदेश समन्वय कमिटीसँग समन्वय गरी आ–आफ्नो स्थानीय तह रहेको क्षेत्रमा तत्कालदेखि नै क्रियाशील हुन निर्देशन दिदै  चुनावको सम्पूर्ण तयारीका विषयमा छलफल गर्न केन्द्रीय कमिटीको बैठक २०७४ वैशाख ३ गते आयोजना गर्ने स्थायी समितिले निर्णय गरेको उल्लेख गरिएको छ ।