शनिबार, बैशाख ८, २०८१

सोमबार र आउँदो शुक्रवार सार्वजनिक बिदा

काठमाडौ बैशाख ३,  सरकारले राष्ट्रपति विद्यादेवी भण्डारी छिमे���ी मित्रराष्ट्र भारतको राजकीय भ्रमणका लागि प्रस्थान गर्ने र स्वदेश फर्कने दिन सार्वजनिक बिदा 2322_91b4f7b3701715ebb6d30ebf26f4c4c6_1492307725__दिने निर्णय गरेको छ ।  गृह मन्त्रालयले आज जारी विज्ञप्तिमा उल्लेख भएअनुसार सोमबार र आउँदो शुक्रबार नेपालभरका सबै सरकारी कार्यालय एवम् विदेशस्थित नेपाली नियोगमा सार्वजनिक बिदा दिइने भएको उल्लेख गरिएको छ ।

राष्ट्रपति भण्डारी भारतको राजकीय भ्रमणका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भोलि त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । यसैगरी उहाँ यही वैशाख ८ गते शुक्रबार स्वदेश फर्कने कार्यक्रम रहेको पनि विज्ञप्तिमा उल्लेख रहेको छ ।