बुधबार, बैशाख १२, २०८१

सुरक्षा निकायका प्रमुखहरुलाइ प्रम प्रचण्डको निर्देशन

काठमाडौ बैशाख ५,  प्रधानमन्त्री ‘प्रचण्डले आसन्न स्थानीय तहको निर्वाचनलाइ निष्पक्ष एवम भयरहित ढङ्गबाट सम्पन्न गर्नका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउन मुलुकका सवै सुरक्षा निकायका प्रमुखहरुलाइ निर्देशन दिनुभएको छ । निर्देशन दिने क्रममा प्रधानमन्त्रीले नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्री, Puspakamal-Dahal-Prachanda-57cb7fbf116f23.71967794-495x347नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी बलका महानिरीक्षक सिंहबहादुर श्रेष्ठ र राष्ट्रिय अनुसन्धानका प्रमुख दिलीप रेग्मीलाई आज बालुवाटार बोलाएर आपसमा आवश्यक समन्वय गरी सुरक्षा व्यवस्थापन गर्न निर्देशन दिनुभएको हो ।

त्यस्तै उहाँले निर्वाचनका सम्बन्धमा अपनाईएको हालसम्को सुरक्षा तयारीबारे समेत जानकारी लिनुभएको प्राप्त समाचारमा उल्लेख गर्दै त्यस क्रममा सुरक्षा निकायका प्रमुखहरुले आसन्न निर्वाचनको निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षा निकाय पूर्णतः सक्षम रहेको जानकारी दिनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।