शुक्रबार, चैत्र १६, २०८०

सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथजात्रा आजदेखि सुरु,रथलाइ आज असन पुर्‍याइने

20140407-20140407-_NUP9265_6848 Capture 521640_464811416923169_1976635432_nकाठमाडौं चैत्र २२, प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमी(चैते दशै)का दिनदेखि पाँच दिनसम्म मनाइने सहकालका देवताका रूपमा मानिने सेतो मच्छिन्द्रनाथको जात्रा आजदेखि सुरु भएको छ ।  रथ जात्राको पहिलो दिन आज साँझ तीनधारा पाठशालामा सेतो मच्छिन्द्रनाथ लाई जात्राको लागि रथआरोहण गराएपछि विधिवत रुपमा रथयात्रा सुरु गर्दै तीनधारा पाठशालाबाट रत्नपार्क, भोटाहिटी हुँदै असनसम्म पु-याइएको छ ।

त्यस्तैगरि भोलि अर्थाथ दोस्रो दिन असनदेखि बालकुमारी, केलटोल, इन्द्रचोक, मखन हुँदै हनुमानढोकासम्म, तेस्रो दिन हुनमानढोका, चिकंमुगल, जैसीदेवल, ज्याःबहाल हुँदै लगन टोलसम्म पु(याई चौथो दिन लगनमा मच्छिन्द्रनाथको आमा रुख परिक्रमा गराइन्छ । पाँचौं दिन लगन, ज्याःबहाल, कोहिटी, भीमसेनस्थान, मरु, यटखा, नरदेवी, किलागल, भेडासिङ, केलटोल हुँदै मच्छिन्द्रबहालमै मच्छिन्द्रनाथलाई फर्काइने प्रचलन रहिआएको छ ।