मङ्लबार, बैशाख ४, २०८१

विद्यार्थी संगठन र सरकारबीच शुल्क फिर्ता नगर्ने विद्यालयको दर्ता खारेज गर्ने सहमति

काठमाडौ वैशाख १५,  निजी विद्यालयहरुले बढाएको शुल्क फिर्ता लिने सहमति भएपछि विद्यार्थी संगठनहरुले शुल्कवृद्धिविरुद्ध गरेको आन्दोलन आजबाट फिर्ता लिएका छन् ।  आन्दोलनरत् विद्यार्थी संगठन र शिक्षामन्त्री धनीराम पौडेलबीच आज भएको वार्तामा १५ दिनभित्र शुल्क फिर्ता लिने र फिर्ता नगर्ने विद्यालयको दर्ता खारेज गर्ने सहमति भएसंगै उनिहरुले आरनदोलनका कार्यक्रम फिर्ता लिएको हो ।

यसअघि आन्दोलनरत विद्यार्थी संगठनले निजी विद्यालयले सरकारले निर्दिष्ट गरेका मापदण्डभन्दा बढी शुल्क लिएको बिरुद्ध कारबाहीको माग गर्दै जिल्ला शिक्षा कार्यालय अगाडि गरेको विरोध प्रदर्शनका क्रममा आज झडप भएको थियो ।  विद्यार्थी भर्ना गर्दा निजी विद्यालयले मापदण्डभन्दा बढी लिइएको शुल्क सम्बन्धित अभिभावकलाई बोलाएर अविलम्ब फिर्ता गर्नुपर्ने भन्दै गरिएको प्रदर्शनका क्रममा केही विद्यार्थी नेता सामान्य घाइते भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ । संयुक्त विद्यार्थी सङ्गठनमा नेविसङ्घ, अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी), राप्रविसंलगायत आठ सङ्गठन आवद्ध छन् ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2017
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31