शुक्रबार, बैशाख १४, २०८१

वर्ष ०७४ मा मेरो वर्षः म स्वस्थ, मेरो देश स्वस्थ’ अभियान सञ्चालन गरिने

काठमाडौ चैत्र ३१,  सरकारले वर्ष ०७४ लाई ‘मेरो वर्षः म स्वस्थ, मेरो देश स्वस्थ’ राष्ट्रिय अभियानका रुपमा मनाउने भएको छ । अभियानको जानकारी दिन आज स्वास्थ्यमन्त्री गगन थापाले वर्ष २०७४ मा सञ्चालन हुने अन्य कार्यक्रमसँगै सो अभियानलाई जोडेर स्वास्थ्य सेवाको पहुँचलाइ स्थानीय तहसम्म लैजान यस किसिमको gaganअभियान सञ्चालन गर्न लागिएको जनाउ दिदै उहाँले प्रस्तुत अभियानको सुरुआत प्रधानमन्त्रीले दशरथ रङ्गशाला एक कार्यक्रमकावीच गरिने तयारी भइरहेको जानकारी दिनु भएको छ ।

साथै प्रस्तुत कार्यक्रमको लक्ष्य भनेको समयमै रोगको पहिचान र रोकथाम हुन नसक्दा सिर्जना हुँदै आएको समस्याको निराकरण एवम् त्यो समस्याबाट परिवार र राष्टले व्यहोर्दै आउको हेरचाह र उपचारको खर्च समेत बढ्दो रहेको अवस्थालाइ दृष्टिगत गर्दै यसलाइ घटाउन पनि प्रस्तुत कार्यक्रम अर्थात मेरो वर्षः म स्वस्थ, मेरो देश स्वास्थ’ लाइ अभियानकै रुपमा सरकारसँगै जनतालाई पनि थप जिम्मेवार बनाउन सञ्चालन गर्न लागिएको जनाउ दिनु भएको छ ।