बिहिबार, बैशाख १३, २०८१

वडामा दलित महिला उम्मेदवार नपाइए के गर्ने ? कानुनी अस्पष्टताका कारण अन्योल

काठमाडौं चैत २५, स्थानीय तहको निर्वाचनमा दलित र अल्पसंख्यक समुदायबाट उम्मेदवार नै नपाइए के गर्ने भन्ने विषय अन्योलमा परेको छ । निर्वाचन ऐनले Captureतोकेको व्यवस्थाअनुसार सो समुदायबाट उम्मेदवार नपाइएमा कुनै व्यवस्था नभएकाले अन्योलमा परेको हो । ‘स्थानीय तह निर्वाचन ऐन २०७३’ को दफा ६ को उपदफा (२) अनुसार गाउँपालिका र नगरपालिकाको प्रत्येक वडामा निर्वाचित हुने दुईजना महिला सदस्यमध्ये एकजना दलित महिला हुनैपर्छ ।

तर, कुनै वडामा दलित समुदायको बसोबास नै छैन भने दलित महिलाका ठाउँमा कसलाई निर्वाचित गर्ने भन्ने अन्योल देखिएको छ । वडा तहमा उम्मेदवार बनाउनका लागि दलित महिला नपाइएको खण्डमा के गर्ने भन्ने विषयमा कानुनी अस्पष्टता रहेको छ । निर्वाचन आयोगले भने दलित महिला उम्मेदवार नपाइए दलित महिलाको पद खाली हुने जनाएको छ । तर, उम्मेदवार नपाइएको खाली हुने व्यवस्था भने कहीँ पनि उल्लेख नगरिएको खबर आजको राजधानी दैनिकमा प्रकाशित रहेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2017
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31