शनिबार, बैशाख ८, २०८१

लिङ्गो भाँचिदा १ को मृत्यु, ५ घाइते, जात्रामा ढुङ्गा हान्नेविरुद्ध मुद्दा

भक्तपुर चैत्र ३१,  भक्तपुरमा आठ रात नौ दिनसम्म मनाइने बिस्केट जात्रा अन्र्तगत आज साँझ भक्तपुरमा बिस्केटको जात्राको लिङ्गो उठाउने क्रममा लिङ्गो _MG_6790भाँचिदा १ जनाको मृत्यु भएको छ भने अन्य ५ जना घाइते भएका छन् । मृत्यु हुने व्यक्तिको पहिचान हुन नसकेको जनाउँदै महानगरीय प्रहरी परिसर भक्तपुरले उपचारको लागि अस्पताल ल्याउनुअघि नै उनको मृत्यु भएको जनाएको छ ।

त्यस्तै प्रहरीले सोहि घटनामा घाइते भएकाहरु क्रमस सूर्यविनायक–६ बस्ने सुमन तज, च्यामासिंह बस्ने रामकृष्ण दुवाल, त्यस्तैगरि बालकृष्ण लिला, कृष्णभक्त दुवाल र नासमना टोल बस्ने सुरेन्द्र कैती रहेको जनाएको छ । त्यस्तै भाँचिएको लिङ्गो उठाउने प्रयास भइरहेको जनाएको छ ।

यसैवीच जात्राको पहिलो दिन भैरवको रथ तान्ने क्रममा हुलहुज्जत सहित ढुङ्गा हान्नदै अराजकता मच्चाउँने व्यक्तिहरुलाइ प्रहरीर्ले पक्राउ गरी सार्वजनिक मुद्दा चलाएको छ ।  आज पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–१६ वंशगोपालका सुमन शिल्पकार, वडा नंं १७ दूधपाटीका सुमन सिन्तकला, वडा नं. १२ तौमढीका रमेश घुसाकी र राजन भेल, वडा नंं ४ डेकोचाका उमङ्ग मुनकर्मी, वडा १५ त्रिपुरासुन्दरीका सुरेन्द्र देशेमरु तथा वडा नं १५ इताछेँका लुछेराम खरभुजा र सीताराम सुवाल रहेको प्रहरीले जानकारी दिएको छ ।