बिहिबार, बैशाख १३, २०८१

राष्ट्रपति भण्डारीको भारतको ५ दिने राजकीय भ्रमणमा जादै

काठमाडौ चैत्र ३० ,  भारतका राष्ट्रपति प्रणव मुखर्जीको निमन्त्रणामा राष्ट्रपति विद्यादेवी भण्डारीले भारतको ५ दिने राजकीय भ्रमणमा जाने भएको छ । आगामी Captureवैशाख ४ गते राष्ट्रपति भण्डारी भारत जाने निश्चित भएको परराष्ट्र मन्त्रालयले आज विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमार्फत परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले समकक्षी भारतका राष्ट्रपति सहित उपराष्ट्रपति, प्रधानमन्त्रीसंग शिष्टाचार भेटवार्ता गर्ने उल्लेखगरिएको छ । त्यस्तै गरि राष्ट्रपति भण्डारीले भ्रमणको क्रममा विभिन्न स्वागत समारोहमा पनि सहभागी हुनुको अलावा गुजरात र उडिसा राज्यको पनि भ्रमण गर्नुहुने कार्यक्रम रहेको उल्लेख गरिएको छ । राष्ट्रपति भण्डारी वैशाख ९ गते स्वदेश फर्कनुहुने कार्यक्रम रहेको छ

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2017
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31