काठमाडौ चैत २२, चोभारस्थित अर्धनारेश्वर अर्थात आदिनाथको जात्रा
आदिनाथलाइ हिन्दू धर्मावलम्बीले शिव शक्तिका रुपमा र बौद्ध धर्मावलम्बीले लोकेश्वरका रुपमा पुजिने आदिनाथको आश्विन शुक्लपूर्णिमा र चैतेदसैँमा गरी दुईपटक मन्दिरमा मेला लाग्ने र आदिनाथको दर्शन गरेमा रोगव्याधीबाट मुक्ति मिल्ने र पारिवारिक सुख र समृद्धि प्राप्त हुने जनविश्वास रहेको स्थानीयले जानकारी दिएका छन ।
जात्राको रमाइलो हेर्न काठमाडौँ उपत्यका तथा त्यस आसपास क्षेत्रबाट जात्रामा सहभागी हुन भक्तजनको घुइँचो लागेको छ । वर्षमा एकपटक मात्र गरिने सो खटजात्रामा विभिन्न धर्मावलम्बीका स्वदेशी तथा विदेशी पर्यटकसमेत रमाइलो हेर्न त्यहाँ पुगेका छन ।