शनिबार, बैशाख ८, २०८१

महानिरीक्षक नियुक्ति प्रकरण: १५ दिनभित्र लिखित जवाफ पेस गर्न सर्वोच्च आदेश (आदेशको पूर्णपाठ सहित)

Aades_2073-WO-1092-1काठमाडौं चैत्र ३० ,   प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले सरकारले गैरकानुनी रूपमा प्रकाश अर्याललाई प्रहरी महानिरीक्षकमा कार्यसम्पादनको आधारमा भन्दै गरेको नियुक्ति बदर गरी आफूलाई महानिरीक्षक बनाउन माग गरेर मङ्गलबार सर्वोच्च अदालतमा दायर रिट निवेदनको सुनवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले प्रहरी महानिरीक्षक पदमा प्रकाश अर्याललाई बढुवा गर्नुको कारण अगामी वैशाख १५ गतेभित्र लिखित रुपमा जवाफ पेस गर्न सरकारका नाममा आज कारण देखाउ आदेश जारी गरेको छ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाद्दारा आज जारी उक्त आदेशमा प्रस्तुत रिटको सुनवाई सरकारको जवाफ आएपछि आगामी वैशाख १९ गतेको पूर्ण इजलासमा सुनुवाइअघि बढाउने निर्णय पनि  गरेको छ ।

 रिट निवेदक प्रहरी नायब महानिरीक्षक सिलवालले मन्त्रिपरिषद्को सोमबारको निर्णय ४ वर्षको कार्यसम्पादन मूल्याङ्कनमा आफूले २६३ अङ्क र प्रकाश अर्यालले २६२ अङ्क प्राप्त गरेको हुँदा आफू कार्यसम्पन्न र मूल्याङ्कनमा आफु अगाडि भएको जिकिर गरिएको छ । यस्तो  छ  आदेशको पूर्णपाठ