शनिबार, बैशाख ८, २०८१

भक्तपुरको प्रसिद्घ ऐतिहासिक बिस्केट जात्रा सोमवारबाट सुरु (फोटोफिचर )

रथ तान्ने क्रममा ढुङ्गा हानाहान ,ढुंगा हान्ने ५ जना पक्राउ,११ जना घाइते

भक्तपुर  चैत्र २९,   नयाँ वर्षको आगमनसँगै भक्तपुरमा आठ रात नौ दिनसम्म मनाइने तान्त्रिक महत्व बोकेको भक्तपुरको प्रसिद्घ ऐतिहासिक एवम् सांस्कृतिक महत्व बोकेकोे लिच्छवीकालीन बिस्केट जात्रा सोमवारबाट सुरु भएको छ । सोमवार अपराह्न ५ बजे तौमढीबाट भैरव नाथको रथ तानेर हर्षोल्लासका साथ जात्रा सुरु गरिएको हो । तान्त्रिक विधिको पूजाकर्मपछि सुरु भएको रथजात्राको क्रममा रथलाई तौमढीबाट माथि र तलका बासिन्दाले आ–आफ्नौ क्षेत्रमा लैजाने घम्साघम्सी सुरु हुने गर्दछ ।   यसक्रममा भैरवनाथको रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतले मन्दिर प्राङ्गणबाट थने (माथिल्लो) र क्वने ( _MG_6894 _MG_6855 _MG_6841 _MG_6825 _MG_6910तल्लो) टोलमा तानेर लैजाने परम्परा छ । जुन जात्राको मुख्य आकर्षण मानिन्छ । रथ तान्ने क्रममा रथलाई तल्लो वा माथिल्लो टोल जहाँ लैजान सकिन्छ, त्यस टोलको विजय भएको मानिन्छ ।

बिस्केट जात्राको किम्बदन्तीअनुसार परापूर्वकालमा भक्तपुरमा एक प्रतापी र अद्भूत सुन्दरी राजकुमारी थिइन् । ती राजकुमारीलाई बिहे गरे राजगद्धी पाइने भएपछि धेरै राजाले तिनीसँग बिहे गरे तर बिहेकै रात राजकुमार मर्ने गर्दथ्यो । राजाले आफ्नो सयन कक्षबाट हरेक बिहान शव उठाई मसानघाटसम्म पु(याउने मलामी गुठी नै स्थापना गरेका थिए । अन्तमा एक बुद्धिमानी राजकुमारले ती राजकुमारीसँग बिहे गरे । राति राजकु���ारी निदाएपछि उनको नाकको प्वालबाट दुईवटा स–साना नागनागिनी निस्केर अजिङ्गरको रूपधारण गरी राजकुमारलाई डस्न लाग्दा राजकुमारले आफ्नो खड्गले काटेर दुई टुक्रा पारिदिए । ती नागनागिनीले प्राण त्याग गर्ने बेलामा अब हामी दुवै एकै ठाउँमा मर्न लाग्यौँ, हामी प्राण त्याग गरेर गएपछि हाम्रो पुरुषार्थ देखाउन सबैले देख्ने गरी जात्रा चलाइदिनु भने । यसरी अजिङ्गरको स्वरुप हुने नागनागिनी मारिएको खुसियालीका साथ यो जात्रा मनाउन थालिएको भनाइ छ । नागनागिनीको अन्तिम इच्छाअनुसार ६० हात लामोे लिङ्गो ल्योसिंखेलमा ठड्याएर एकजोडी विश्व ध्वजा राख्ने गरिन्छ । लिङ्गोमा आठवटा डोरी रहेको हुन्छ, जसमा अष्टमातृका गण अङ्कित हुन्छ

त्यस्तै जात्राको क्रममा हुनसक्ने संभावित हुलहुज्जतलाइ दृष्टिगत गर्दै स्थानीय प्रशासनले नेपाल प्रहरी र शसस्त्र प्रहरी गरि एक हजार ५०० सुरक्षाकर्मी परिचालन गरिएको जनाएको छ ।   यसैबीच, बिस्केट जात्राको रथजात्राको  पहिलो दिन हुलहुज्जत गर्दै ढुंगा हान्ने ५जनालाई पक्राउ गरी मंगलबार सार्वजनिक मुद्दा अन्र्तगत कारवाही गरिएको प्रहरीजानकारी दिएको छ ।  यसरी कारवाही गरिएकाहरुमा भक्तपुर नगरपालिका–६ बस्ने ३० वर्षीय श्यामकृष्ण शाही, भनपा–२ च्यामासिंह बस्ने २६ वर्षीय अभिनव भन्ने रोशन प्रजापति, भनपा– १ बोलाछे बस्ने २२ वर्षीय सगुन प्रजापति र भनपा– ८ क्वाछे बस्ने १८ वर्षीय सञ्जीव फासीकौ त्यस्तैगरि ललितपुरको बडिखेल–७ घर भई सूर्यविनायक बस्ने २१ वर्षीय विकेश पहरीलाई खुकुरीसहित पक्राउ गरेको महानगरीय प्रहरीपरिसर भक्तपुरले जनाएको छ ।

 त्यस्तैगरि यसवीचमा भएको  झडपमा   प्रहरी नायब निरीक्षक सरोज खत्री, प्रहरी सहायक निरीक्षक अम्बिका लामा, प्रहरी हवल्दार राजनकुमार खत्री, प्रहरी जवान लक्ष्मी मल्ल, भक्तपुर नगरपालिका बासिन्दामध्ये वंशगोपाल निवासी सरोज शिल्पकार, कमलविनायक निवासी सञ्जीव मधिकर्मी, सुरज ठकुरी, भनपा–३ का सुरेश जटुजु, भनपा–१३ का क्षितिज धुकुवा, मनोहर चौथी र गोकुल सुवाल घाइते भएको  थाहा भएको  छ ।