शुक्रबार, चैत्र १६, २०८०

पूर्व अधिराजकुमारी शाहको स्वास्थ्य अवस्था स्थिर, उपचारको क्रम जारी

काठमाडौ चैत्र २७,  पूर्वअधिराजकुमारी प्रेरणा शाहको स्वास्थ्यमा समस्या देखिएपछि शुक्रवार साँझ नर्भिक हस्पिटलमा उपचार  गराउँदै आउँनु भएको छ । केहि 17835152_1257618944314725_8287551652757356736_oदिनदेखि ,वाक्वाकी लाग्ने र टाउको दुखाइको समस्या देखिएपछि उहाँलाइ हस्पिटल भर्ना गरिएको हो।

यसैक्रममा पूर्वअधिराजकुमारी शाहलाइ सेरिव्रल भेनस साइनस् थम्बोसिस भएको जनाउँदै यसको उपचारको लागि स्नायुरोग बिशेषज्ञ पंकज जलान र उहाँका पारिवारिक चिकित्सक डा किशोरजग राणाको निगरानीमा सघन उपचार जारी रहेको हस्पिटलद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै ३९ वर्षीया प्रेरणाको मस्तिष्कमा रगत जमेको र चिकित्सकहरुले दिएको औषधिले उनको स्वास्थ्यस्थितिमा विस्तारै सुधार आइरहेको हस्पिटल स्रोतले जनाएको छ भने उहाँको स्वास्थ्य अवस्थाबारे थप जानकारी समय–समयमा दिने अस्पतालले जनाएको छ।