शुक्रबार, चैत्र १६, २०८०

नायब महानिरीक्षक सिलवालद्दारा आफूलाई महानिरीक्षक बनाउन माग गर्दै रित दर्ता

काठमाडौ चैत्र २९, प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले सरकारले गैरकानुनी रूपमा प्रकाश अर्याललाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको जनाउँदै Court_20150619042154आफूलाई महानिरीक्षक बनाउन माग गरी आज सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको छ । मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले कार्यसम्पादनको मूल्याङ्कनका आधारमा भन्दै सोमवार रिक्त प्रहरी महानिरीक्षकमा प्रहरी नायब महानिरीक्षक प्रकाश अर्याललाई नियुक्त गरेको हो ।

आज दायर रिटमा प्रहरी नायब महानिरीक्षक सिलवालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रधानमन्त्री, गृहमन्त्रालयलगायतलाई विपक्षी बनाउँनुको अलावा प्रहरी महानिरीक्षकमा बढुवा पाउने कानुनप्रदत्त हकमाथि आघात सिर्जना भएको हुँदा मन्त्रिपरिषद्को सोमबारको निर्णय बदर गरी आफूलाई प्रहरी महानिरीक्षक बनाउन माग गर्नु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सुरेन्द्रकुमार कार्कीले प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले १५२.४, बमबहादुर भण्डारीले १५०.२ र जयबहादुर चन्दले १४७.६ अङ्क प्राप्त गर्नुभएको समेत जानकारी दिनु भएको थियो ।